कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ | Khabarhub Khabarhub

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । 

रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् । 

बिहीबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री कँडेल चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डामा कुरा नमिले पछि उनले अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  २ : ५१ बजे

बालबालिकालाई पोलियोविरुद्धको ‘आईपीभी’ खोप अभियान आजदेखि

काठमाडौं– सरकारले आजदेखि पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्दैछ

देउवालाई भेट्न प्रधानमन्त्री दाहाल बूढानिलकण्ठमा

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति

मिश्रकी बौद्धिक रानी क्लियोपेत्रा, भाइलाई पति नमान्दा सत्ताच्यूत !

एकथरि भन्छन्- परम सुन्दरी नारी कि मूर्ख, कि त घमण्डी

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

पक्की पुल बनेपछि आवागमनमा सहज

म्याग्दी– पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि