कसले भेट्टायो भाटभटेनीको गहना ? (फोटो फिचर) « Khabarhub

कसले भेट्टायो भाटभटेनीको गहना ? (फोटो फिचर)



काठमाडौं- हाँडीगाउँमा किरातकालदेखि नै वैशाख कृष्ण प्रतिपदामा प्रख्यात जात्रा लाग्छ – गहनापोखरीको जात्रा ! ‘गहना खोज्ने जात्रा’का नामबाट चर्चित यो जात्रा ज्यापू समुदायले मनाउँदै आएका छन् ।

दशैंको कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँको जात्रा जत्तिकै रमाइलो गरिने गहनापोखरीको जात्रामा बालबालिकादेखि वृद्धवृद्धासम्म गहना खोज्न पोखरीमा झुम्मिन्छन्‌ ।

लोकोक्तिअनुसार गहनापोखरीमा आज पनि भाटभटेनीको गहना छ । पोडे थरका एक व्यक्तिसँग आमा टुँडालदेवी (वैष्णवदेवी) को अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि रिसाउँदै फर्किएकी भाटभटेनीका सबै गहना अहिलेको गहनापोखरीमा हराएको कथा र विश्वासका आधारमा गहनापोखरी जात्रा लाग्ने गरेको हो ।

गहनापोखरी जात्राको अघिल्लो दिन टुँडालदेवीको रथलाई गहनापोखरीमा ल्याई तीनपटक परिक्रम गराइन्छ । टुँडालदेवीको गहना खोज्न रथ पोखरीभित्र लगिन्छ भने महालक्ष्मीको रथ बाहिरै राखिन्छ ।

पूरात्वविद्‌हरूका अनुसार किरात र लिच्छवीकालीन काठमाडौंको राजधानी हाँडीगाउँमा थियो । त्यसबेला कैलाशकुट दरबारले सातौँ शताब्दीमा खडा गरेको शिलालेखमा गहनापोखरीको जात्रालाई ‘अन्डिपीजात्रायाम’ भनेर उल्लेख गरिएको छ ।

तस्वीरहरू :

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ७ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै