गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित « Khabarhub

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले चार रनको रोचक जित निकालेको छ। अन्तिम ओभरमा तीन बल डट खेल्दा गुजरात चार रनले पराजित भएको हो।

अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको थियो। २२५ रनको लक्ष्य पछ्याएको गुजरात आठ विकेटको क्षतिमा २२० रनमा समेटिएको हो।

दिल्लीले दिएको २२५ रनको लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शन र डेभिड मिलरले बनाएको अर्धशतक काम लागेन।

साईले सर्वाधिक ६५ रन बनाए। ३९ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे। मिलरले २३ बलमा ६ चौका र ३ छक्कासहित ५५ रन जोडे। गुजरातका लागि ऋद्धिमान साह ३९ र साई किशोर १३ रनमा आउट हुँदा राशिद खान २१ रनमा नटआउट रहे। अन्य ब्याट्सम्यान चल्न सकेनन्।

गुजरातलाई सस्तैमा समेट्न दिल्लीका रसिक सलमानले सर्वाधिक तीन विकेट हात पारे। कुलदीप यादवले दुई विकेट लिँदा मुकेश कुमार, अक्षर पटेल र एनरिक नोर्त्जेले एकएक विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा २२४ रन बनाएको थियो। २२५ रनको शानदार चुनौतीका लागि दिल्लीका ऋषभ पन्तले नटआउट ८८ रन बनाए। ४३ बल खेलेका उनले ५ चौका र ८ छक्का प्रहार गरे। अक्षर पटेलले ४३ बलमा ५ चौका र ४ छक्कासहित ६६ रन बनाए। ओपनरद्वय जेक फ्रेजर मक्गर्क २३ र पृथ्वी शा ११ रनमा आउट हुँदा ट्रिस्टन स्टब्स २६ रनमा नटआउट रहे।

गुजरातका सन्दीप वारियरले ३ विकेट लिँदा नुर अहमदले १ विकेट हात पारे। दिल्लीका ब्याट्सम्यानविरुद्ध गुजरातका अन्य बलर चल्न सकेनन्।

यो सिजनको आईपिएलमा दिल्लीको यो चौथो जित हो। ९ खेलबाट ८ अंक जोडेको दिल्ली अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। पराजित गुजरात समान खेलमा ८ अंक जोड्दै सातौँ स्थानमा समेटिएको छ।

आईपिएल अन्तर्गत बिहीबार सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बंग्लोरुबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ५ : ५३ बजे

राष्ट्र निर्माणमा एकजुट हुन कांग्रेस सभापति थापाको आह्वान

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २०४६ सालको जनआन्दोलन

टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रजातन्त्र दिवस टुँडिखेलमा भव्य

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं– नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । यही

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं – बुधबार राति सर्लाहीको ईश्वरपुरमा भएको दुर्घटनामा दुई जनाको

राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली