खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ? « Khabarhub

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न यो धेरै स्वादिलो हुन्छ, न बेस्वादको । न यसलाई अघाउने गरी खाइन्छ, न कुनै तलतल मेट्न । त्यसो भए सुप किन खाएको होला त ? आज हामी यसैका बरेमा चर्चा गर्नेछौँ ।

सुप खाना पचाउन, मुखको दुर्गन्ध हटाउन मात्र यो खाने भन्ने पनि धेरैको बुझाइ रहन्छ तर यो क्याल्सियम, सोडियम, आइरन, पोटासियमको स्रोत पनि हो ।

खाना खाइसकेपछि सुप चपाउनुका फाइदाहरू

कब्जियतबाट राहत : कब्जियतको समस्या हुन दिँदैन । यसलाई चिनी वा मिश्रीसँग मिलाएर खाएमा यसको समस्या हट्नुका साथै कब्जियतबाट पनि राहत दिन्छ ।

आँखाको रोशनी बढाउन : यसको सेवनद्वारा आँखाको रोशनी बढाउन सकिन्छ । सुप तथा मिस्रीको चूर्णलाई मनतातो पानीसित दैनिक सेवन गरेको खण्डमा दृष्टि क्षमता बढ्छ ।

पखाला कम गर्न : पखाला लागेमा सुपको सेवन उत्तम मानिन्छ । बेलको गुदीसित बिहान बेलुकी चपाएको खण्डमा अजीर्ण कम हुनुका साथै पखाला थामिने गर्छ ।

खोकीको समस्या कम गर्न : खोकीमा पनि यो निकै उपयोगी मानिन्छ । यसको साथमा मह मिलाएर खाएमा खोकीको समस्या क्रमशः हटेर जान्छ ।

पाचकको काममा : खाना खाइसकेपछि सुप खानाले खाना राम्ररी पच्छ । सुपलाई जिरा तथा कालो मरिचसँग मिलाएर चूर्ण बनाई मनतातो पानीसँग खाएमा यसले राम्रो पाचकको काम गर्छ ।

पेटको दुखाई कम गर्न : पेटसम्बन्धी समस्या होस् वा पेटको दुखाई । भुटेको सुप चपाएर खाएमा यसले पेटसम्बन्धी समस्या कम गर्नुका साथै दुखाई पनि हटाउँछ । अमिलो पानी वा अमिलो डकार आएमा पनि यसको सेवन लाभदायक मानिन्छ । थोरै सुपलाई पानीमा उमालेर त्यसमा मिस्री मिसाएर सेवन गरेमा यो समस्या तुरुन्तै कम भएर जान्छ ।

घाँटीको समस्या हटेर जान्छ : स्वर बसेमा सुप चपाएर खाना स्वर खुल्छ । साथै यसको सेवनले छाला चम्किलो बनाउँछ ।

हातखुट्टा पोल्न कम हुन्छ : हातखुट्टा झमझमाएमा वा पोल्ने समस्या भएमा सुप र धनियाँलाई बराबर मिलाएर मिश्रीपानी खानाले हातखुट्टा पोल्ने समस्या बिस्तारै कम हुन्छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  १० : ०८ बजे

मुस्लिम समुदायको अधिकार स्थापित गर्न मुस्लिम आयोगको भूमिका महत्त्वपूर्ण छ : प्रदेश प्रमुख मियाँ

अत्तरिया– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको अधिकार स्थापित

घोषणा पत्रमा दलका उडन्ते योजना, विज्ञ भन्छन् : औकातबिनाको महत्वाकाङ्क्षा कसरी पूरा होला ?

काठमाडौं- सडक समयमै नबन्दा हजुरबुबादेखि नाती पुस्तासम्मले भोग्नुपर्ने वर्षौँदेखिको सास्ती

फागुन २९ मा आउने फिल्म ‘लालिमा’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं – फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ

‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीतमा विराज र सुपुष्पाको रोमान्स

काठमाडौं – चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको नायक विराज