वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये १५ प्रतिशत युवा तराईंका ९ जिल्लाबाट मात्रै « Khabarhub

वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये १५ प्रतिशत युवा तराईंका ९ जिल्लाबाट मात्रै


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये तराईंका ९ जिल्लाबाट मात्रै १५ प्रतिशत युवा रहेको एक तथ्याङ्क सार्वजनिक भएको छ ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैदेशिक रोजगारमा जाने नेपालीमध्ये १५ प्रतिशत तराईंका ९ जिल्लाबाट छन् ।

आर्थिक वर्ष २०७५/७६ मा रोजगारीको खोजीमा झापा, सुनसरी, मोरङ, धनुषा, सिराहा, महोत्तरी,सर्लाही, नवलपरासी र सप्तरीबाट धेरै युवा विदेशीएको विभागको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षमा ५ लाखभन्दा धेरै युवा कामको खोजीमा विदेशिएका थिए ।

जसमध्ये तराईंका ९ जिल्लाबाट करिब ७८ हजार ९ सय ६२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागको तथ्याङ्कमा उल्लेख गरिएअनुसार गत आर्थिक वर्षमा धनुषाबाट मात्रै १३ हजार ७ सय २३ जना, सिराहाबाट ११ हजार ५ सय ५६, झापाबाट १० हजार ९ सय २८, मोरङबाट ९ हजार २ सय २७, महोत्तरीबाट ८ हजार ८ सय ३, सुनसरीबाट ६ हजार ६ सय ९२, सर्लाहीबाट ६ हजार ४ सय ४५, नवलपरासीबाट ६ हजार २ सय ३६ र सप्तरीबाट ५ हजार ३ सय ५२ जना वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

विगतमा तराईंका जिल्लाका युवाको रोजगार गन्तव्य भारत, बंगलादेश र पाकिस्तान थियो । केही वर्षयता तराई जिल्लाका युवाहरु रोजगारीका लागि खाडीका देश र मलेसिया जान थालेका वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ११ : १९ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय