भक्तपुरको गठ्ठाघरमा एकैपटक ४ वटा बस ठोक्किए, १६ जना घाइते « Khabarhub

भक्तपुरको गठ्ठाघरमा एकैपटक ४ वटा बस ठोक्किए, १६ जना घाइते


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरनीको राजमार्ग (जडिबटी–सूर्यविनायक सडकखण्ड)अन्तर्गत भक्तपुरको गठ्ठाघरमा एउटा बसले अन्य ३ ओटा बसलाई ठक्कर दिँदा १६ जना घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बसले पछाडिबाट अन्य ३ वटा बसलाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार तीब्र गतिमा रहेको बस अनियन्त्रित भएर अन्य बससँग ठोक्किन पुगेको थियो । उक्त बसले ना ६ ख ७१२५, बा ५ ख ४०२१ र बा ३ ख ७०९३ नम्बरका ३ बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बस ठक्करबाट अन्य ३ बसमा रहेका यात्रुसहित गरी १६ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय नागरिक अस्पताल र मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी भक्तपुर परिसरले जनाएको छ ।
ठक्कर दिने बसका चालक सिन्धुलीको गोलानचोर गाउँपालिका घर भएका दीपकराज ठकुरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १२ : २३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल