दिनमै २/३ वटा म्युजिक भिडियोबाट अफर आउँछ: स्वस्तिमा खड्का « Khabarhub

दिनमै २/३ वटा म्युजिक भिडियोबाट अफर आउँछ: स्वस्तिमा खड्का


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपालमा मोडलहरु नायिका बनिसके । नायिकाहरु मोडल बनिसके । स्वस्तिमा खड्का भने मोडलपछि नायिका बनेपछि म्युजिक भिडियोमा खासै सक्रिय छैनिन् । मोडलिङ हुँदै फिल्ममा आएकी स्वस्तिमालाई म्युजिक भिडियोबाट अफर नै नआउने त होइन तर छनोट गरेर मात्र अभिनय गर्ने गर्छिन् ।

स्वस्तिमा आफू म्युजिक भिडियोमा त्यति सक्रिय नहुनुको कारण खुलाउँदै भन्छिन्, ‘म्युजिक भिडियोमा पनि राम्रो भविष्य छ तर मैले अहिले फिल्मी करिअरलाई नै जोड दिएकी छु ।’

स्वस्तिमाले अहिले पनि दिनमा २/३ वटा म्युजिक भिडियोबाट अफर आउने बताइन् । साथै उनले म्युजिक भिडियोको तुलनामा फिल्मबाट कम अफर आउने र यो स्वभाविक भएको पनि धारणाा राखिन् ।

‘अहिले फिल्म र म्युजिक भिडियोको पोस्टर उस्तै हुन्छ, दर्शक झुक्किनुहुन्छ कि भनेर फिल्म प्रदर्शनका बेला म्युजिक भिडियोमा अभिनय गरेकी छैन,’ खबरहबसँगको कुराकानीका सिलसिलामा स्वस्तिमाले सुनाइन्, ‘आफ्नो करिअरलाई फाइदा हुने भिडियोमा त अभिनय नगर्ने कुरा आउँदैन, तर अहिले खेलेकी छैन ।’

यतिबेला उनी अभिनित फिल्म ‘हजार जुनीसम्म’ प्रदर्शनका क्रममा छ । यो फिल्म आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा स्वस्तिमाले सिक्किमे नायिकाको भूमिका निभाएकी छिन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १ : ४९ बजे

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी