रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा « Khabarhub

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’को विकल्प नभएको बताएकी छन् ।

नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँद्वारा आज आयोजित ‘डिजिटल एक्स्पो’को शुभारम्भ गर्दै उनले गुणस्तरीय इन्टरनेट सेवाको पहुँच देशव्यापी बनाउन सरकार क्रियाशील रहेको जानकारी दिइन् ।

सरकारले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जनाउँदै मन्त्री शर्माले यी उद्योगमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरिन् । उनले आसन्न लगानी सम्मेलनमा सूचना प्रविधिसम्बन्धी तीन वटा परियोजना ‘शो केस’मा राखिएको जानकारी दिइन् ।

सूचना प्रविधिको विकाससँगै पछिल्ला समय अनलाइन व्यापार वृद्धि हुँदै गएको दृष्टान्त दिँदै उहाँले सूचना प्रविधिको प्रयोगलाई विश्वव्यापी बनाइनुपर्ने बताइन् । ‘डिजिटल व्यापारलाई थप व्यवस्थित बनाउँदै लैजानु आजको आवश्यकता हो, यसतर्फ सरकारले सोचिरहेको छु’, मन्त्री शर्माले भनिन् ।

मन्त्री शर्माले निजी क्षेत्रले भोग्दै आएको समस्या समाधान गर्न सरकार तयार रहेको बताइन् । मुलुकमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउन सरकारले प्रक्रियागत र कानूनी सुधार थालनी गरेको जानकारी दिँदै उनले निजी क्षेत्र पनि उत्साहित भएर अघि आउनुपर्ने बताइन्।

‘सरकारले नीतिगत सुधार थालनी गरेको छ, निजी क्षेत्र पनि अगाडि आउनुपर्छ, सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी आवश्यक छु’, मन्त्री शर्माले भनिन् ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले मुलुकको आर्थिक समृद्धिमा योगदान दिँदै आएका निजी क्षेत्रलाई सरकारले समन्वय र सहजीकरण गर्नुपर्नेमा जोड दिए । प्रविधिको विकाससँगै अनलाइन व्यापारको अभ्यास बढ्दै गएको अवस्थामा अन्तर्देशीय भुक्तानीलाई सहज बनाइनुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले लगानीमैत्री वातावरण बनाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले वर्तमान आर्थिक संरचनालाई परिवर्तन गरेर उच्च आर्थिक वृद्धिको योजना ल्याउन सरकारसँग अनुरोध गरे ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रले भोग्दै आएका समस्यालाई समाधान गर्न सरकारसँग आग्रह गरे।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ७ : ०२ बजे

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा

काठमाडौं – दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले नेकपा एमालेको

एपस्टीन फाइल प्रकरण : हरदीप सिंह पुरीमाथि विपक्षको प्रश्न, मन्त्रीद्वारा आरोप अस्वीकार

नयाँ दिल्ली- अमेरिकी न्याय विभागले हालै सार्वजनिक गरेको ‘एपस्टीन फाइल’

लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

काठमाडौं– देशका विभिन्न भागबाट लागूपदार्थसमेत १६ जना पक्राउ परेका छन्।