वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल « Khabarhub

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो । टी–२० शृंखला खेल्नका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीको घोषणा गरिसकेको छ ।

खेल अघि नेपाली टीमका कप्तान रोहितकुमार पौडेलले एसीसी प्रिमियर कपबाट सबै खेलाडी निराश भए पनि त्यसलाई बिर्सेर अबका खेलतर्फ ध्यान केन्द्रित गरेको बताएका छन्। विश्वकपअघि वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि निकै उत्साहित रहेको उनको भनाइ छ ।

शुक्रबार काठमाडौंमा आयोजित प्रिम्याच कन्फ्रेन्समा उनले यसअघिको खेलमा उतरचढाव देखिएपनि अबको खेलका लागि सबै खेलाडीहरु तयार रहेको जनाए ।

त्यस्तै मुख्य प्रशिक्षक मोन्टी देशाइले वेस्ट इन्डिज ‘ए’ को खेल विश्वकपको तयारीका लागि निकै राम्रो अवसर हुने बताए । क्रिकेटको राम्रो इतिहास भएको वेस्ट इन्डिजसंगको खेलमा धेरै कुरा सिक्ने मौका पाउने उनको भनाइ छ ।

त्यस्तै वेस्ट इन्डिज ‘ए’ कप्तान र प्रशिक्षकले पनि टी–२० शृंखला खेल्न आतुर रहेको भन्दै नजिता आफ्नो पक्षमा आउने गरि तयारी भएको बताएका थिए ।

टी–२० शृंखलाको पहिलो खेल शनिबार हुनेछ भने दोस्रो खेल आइतबार हुने छ । तेस्रो खेल बैशाख १६ गते, चौथो २० गते र अन्तिम खेल २२ गते हुने क्यानले जनाएको छ । उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ९ : ५६ बजे

होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा

तेहरान– इरानका सेना प्रवक्ता मोहम्मद अक्रमिनियाले शनिबार दिएको अभिव्यक्तिमा देशका

सरकारले हटाइएका सुकुम्वासीको जग्गा खोज्न थाल्यो

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना

स्रोत नखुलेको २७ लाखसहित दुई पक्राउ

मोरङ– स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित एक भारतीय

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

मन्थली– रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी

लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित

बेरुत– दक्षिणी लेबनानमा शनिबार भएको इजरायली हवाई आक्रमण र सैन्य