बिजुलीको पोलमा एकाएक दन्कियो आगो | Khabarhub Khabarhub

बिजुलीको पोलमा एकाएक दन्कियो आगो


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार दिउँसो मध्य काठमाडौंको दरबारमार्ग क्षेत्रमा बिजुलीको पोलमा आगो लागेको छ ।

दरबारमार्गस्थित राइजिङ मलनजिक सडक छेउमा रहेको बिजुलीको पोलमा लागेको आगो निभाउन दमकल नै बोलाउनुपर्ने अवस्था सिर्जना भयो ।

आगो लागेको केही क्षणमै दमकल आइपुगेका कारण आगलागी नियन्त्रणमा आइसकेको छ ।

महानगरीय प्रहरी बृत्त दरबारमार्गको टोली समेत आगो नियन्त्रणका लागि पुगेको थियो । प्रहरीका अनुसार बिजुलीको तार सर्ट हुँदा पोलमा आगो लागेको हो ।

विजुलीको पोलमा रहेका अन्य तारहरुका कारण आगलागीले ठूलो रुप लिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार समयमै दमकल नआएको भए आगलागीबाट ठूलै भौतिक क्षतिको खतरा थियो ।

यसअघि पनि राजधानीका विभिन्न ठाउँमा बिजुलीका पोलमा आगलागी हुँदै आएको छ ।

टेलिफोन, इन्टरनेट र केवल टिभी प्रदायकहरुले बिजुलीको पोलमा जथाभावी तार तान्दा यस्ता आगलागीका घटना हुने गरेका छन् ।

सरकारले बिजुलीको पोलबाट अव्यवस्थित रुपमा तानिएका तारहरु हटाउने अभियान नै चलाएको भएपनि त्यो प्रभावकारी बन्न सकेको छैन ।

अझै पनि यस्ता तारहरुका कारण काठमाडौं उपत्यकाका धेरै ठाउँमा आगलागीको जोखिम रहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  २ : ५८ बजे

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको