सिंहदरबार घेराउ गर्न गएका प्रदर्शनकारी प्रहरी नियन्त्रणमा (फोटो फिचर) « Khabarhub

सिंहदरबार घेराउ गर्न गएका प्रदर्शनकारी प्रहरी नियन्त्रणमा (फोटो फिचर)


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा प्रर्दशन गरिरहेका ‘आरक्षण बचाऔं’ आन्दोलनका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लोकसेवा आयोगले संविधान विपरित विज्ञापन खुलाएको दावी गर्दै आन्दोलनरत अगुवाहरुलाई आईतबार काठमाडौंको भद्रकालीमा प्रर्दशन गरिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रर्दशनकारीहरुले सिंहदरबार घेर्न भन्दै निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । त्यसअघि प्रहरीले निषेधित क्षेत्रमा प्रवेश नगर्न प्रर्दशनकारीहरुलाई पटक–पटक माईकमार्फत सचेत गराएको थियो । यता, प्रर्दशनकारीहरुले भने शान्तिपूर्ण रुपमा प्रर्दशन गर्न पाउने दावी गरिरहेका थिए ।

भद्रकालीबाट प्रर्दशनकारीहरु सिंहदरबारतर्फ अघि बढेपछि प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको थियो । त्यस क्रममा प्रर्दशनकारीहरुले आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि हस्तक्षेप गरेको भन्दै प्रहरीविरुद्ध पनि चर्का नाराबाजी गरे ।

प्रहरीले नियन्त्रणमा लिएपछि प्रर्दशनकारीहरुले चर्का नाराबाजी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामासमेत माग गरेका थिए ।

आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले लोकसेवा आयोगले सरकारको सिफारिसमा खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विरोध प्रर्दशनलाई निरन्तरता दिँदै आएका छन् ।

उनीहरुले लोकसेको विज्ञापन खारेज नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी पनि दिँदै आएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ४ : २३ बजे

गगनबाट ओली-प्रचण्डले पाठ सिक्छन् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा

पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा वर्षाका कारण  कम्तीमा १७

नेपाल टेलिकमले गर्‍यो ८९ कम्पनीसँग सम्झौता, प्रिपेड रोमिङ सेवा अब ६२ देशमा

काठमाडौं– नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै