आज सुनचाँदीको मुल्य कति ? « Khabarhub

आज सुनचाँदीको मुल्य कति ?


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको जनाएको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६०० र तेजाबी सुन १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २०० र तेजाबी सुन तोलाको एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको १६ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ११ : ३६ बजे

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी