फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ « Khabarhub

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.2k
Shares
  • change font
  • change font
  • change font

इलाम- प्रतिनिधिसभाको उपचुनावको मतगणना फाकफोकथुम गाउँपालिकाको वडा नम्बर–१ बाट सुरु भएको छ । विगतको चुनावी परिणााम हेर्दा करिब १६ हजार मतदाता रहेको फाकफोकथुममा कांग्रेस र एमाले दुबै दल समानान्तर शक्तिका रुपमा देखिएका थिए ।

कुल १६ हजार मतदतामध्ये गत स्थानीय चुनावमा फाकफोकथुममा ११ हजार मत खसेको थियो । अहिले पनि यो पालिकामा करिब १० हजारको हाराहारीमै मत खसेको छ ।

गत स्थानीय चुनावमा फाकफोकथुमबाट एमालेका दीपेन्द्र खनालले ५३२२ मत पाएर पालिका अध्यक्षमा जितेका थिए भने प्रतिद्वन्द्वी कांग्रेसका डिकबहादुर थापाले ४८२१ मत पाएका थिए । अध्यक्षमा कांग्रेसको भन्दा एमालेको ५०१ मत बढी देखिएको थियो ।

तर, वडातर्फ हेर्ने हो भने कुल ७ वटा वडा रहेको फाकफोकथुममा एमालेले तीनवटा वडामात्रै जितेको थियो भने कांग्रेसले चारवटा वडा जितेको थियो ।

कांग्रेसले वडा नम्बर १,२,४ र ७ मा  थियो भने वडा नम्बर ३, ५, ६ मा एमालेले जितेको थियो ।

यहाँ पालिका अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेनले १८० भोट ल्याएको थियो भने जसपाका उम्मेदवारले ६३ मत ल्याएका थिए ।

प्रतिनिधिसभाको चुनावमा भने यहाँबाट कांग्रेसका डम्बर खड्काको भन्दा सुवास नेम्वाङको पक्षमा बढी मत खसेको थियो ।

स्थानीय चुनावको पुरानो अंकगणितकै आधारमा यसपालि पनि कांग्रेस र एमालेकै वीचमा मत बाँडिन्छ या घण्टी र मुढामा पनि ‘भोट ट्रान्सफर’ हुन्छ ? यो रुझान हेरेर अन्य पालिकाको पनि ‘ट्रेन्ड एनालाइसिस’ गर्न सकिने छ ।

फाकफोकथुमको वडा नम्बर १ यसअघि कांग्रेसले जितेको ठाउँ हो । कांग्रेसले यहाँ ८०४ मत ल्याउँदा एमालेले ४७७ मत पाएको थियो । माओवादीसँग यो वडामा २५५ मत थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १२ : ०४ बजे

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै