साताको पहिलो नेप्से १४ अंकले बढ्यो, अढाइ अर्ब बढी कारोबार « Khabarhub

साताको पहिलो नेप्से १४ अंकले बढ्यो, अढाइ अर्ब बढी कारोबार


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार साताको पहिलो नेपाल स्टक एक्चेञ्ज (नेप्से) १४.३३ अंकले बढेको छ । आज नेप्से ०.७२ अंकले बढेर १९८०.२७ बिन्दुमा पुगेको छ ।

कारोबारको हिसाबले भने आइतबार नेप्से सामान्य नै रहेको छ । आइतबार २ अर्ब ६५ करोड ५३ लाख ८ हजार रुपैयाँ बराबरको ६८ लाख १४ हजार ४१३ कित्ता शेयर ४८ हजार १८३ पटक किनबेच भएको छ । 

आज ३०८ कम्पनीको शेयर किनबेच हुँदा १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ । ९ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । १३ वटा समुहमा ट्रेडिङ सूचक बाहेक अन्य सबै समूह हरियो भएको छ । सेन्सेटिभ इन्डेक्स २.६२ अंकले, फ्लोट इन्डेक्स १.०२ अंकलेसेन्सेटिभ फ्लोट इन्डेक्स ०.९० अंकले बढ्यो ।

आजको कारोबारमा पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । सो फाइनान्सको शेयर ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ । आज सबैभन्दा बढी कारोबार गर्नेमा पनि पोखरा फाइन्यस नै रह्यो ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ३ : ४१ बजे

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको

बुद्धको अर्काे जहाज टेक्निकल टिम लिएर गयो झापा

काठमाडौँ – झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त जहाजबारे अध्ययन गर्नका लागि