इलाम २ मा सुरुबाटै मुढाभन्दा पछि पर्‍यो घण्टी « Khabarhub

इलाम २ मा सुरुबाटै मुढाभन्दा पछि पर्‍यो घण्टी


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

इलाम–इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी सुरुवाती रुझानमा ठूला दुई दलभन्दा निक्कै पछि परेको छ ।

सभापति रवि लामिछानेसहितका नेताहरू पटक पटक पुगेर आक्रमक चुनावी प्रचार गर्दा पनि फाकफोकथुमका ३ वटा वडाको परिणाम आइसक्दा रास्वपालाई स्वतन्त्र उम्मेदवारले पछि पारेका छन् ।

फाकफोकथुम गाउँपालिका १, २ र ३ नम्बर वडाको मत गनिसक्दा नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता बनाइरहँदा रास्वपा उम्मेदवार मिलन लिम्बू चौथो स्थानमा खुम्चिएका छन् । यद्यपि यो सुरुवाती रुझान मात्रै हो, इलाम सदरमुकामतिर प्रवेश गरेसँगै रास्वपाले मत बढाउने सम्भावना कायमै छ ।

पछिल्लो परिणामअनुसार कांग्रेसका खड्का र एमालेका सुहाङ नेम्बाङबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

फाकफोकथुम १, २, ३ वडा जम्मा ४१८१ मत गन्दा कांग्रेसका खड्का ४२ मतले अगाडि छन् । यहाँ उनले १६ सय ४३ मत ल्याउँदा एमालेका सुहाङले १६०१ मत ल्याएका छन् ।

तेस्रो स्थानमा मुढा लिएर उठेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम छन् । उनले ४३७ मत ल्याउँदै तेस्रोमा छन् । उता रास्वपाका लिम्बुलाई ३०५ मत झरेको छ ।

धरानका मेयर हर्क साम्पाङसहितले साथ दिएका थेगिम तेस्रो हुँदा रास्वपालाई चौथो मत मिलेको हो । यहाँ थेगिमले रास्वपाका लिम्बुलाई ताजा अवस्थामा १३२ मतले पछि पारेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : ३६ बजे

घरमै राहदानी पुर्‍याउन तयार छन् ‘हल्कारा’

महेन्द्रनगर– दश दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक

मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ

काठमाडौँ– पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज

स्रोत नखुलेको भारतीय मुद्रासहित दुईजना पक्राउ

नेपालगन्ज– बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित दुई

मुस्ताङ : हिमाल, संस्कृति र साहसिक पर्यटनको आकर्षक गन्तव्य (तस्बिरहरू)

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङ पछिल्लो समय नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका

सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई