इलाम २ मा सुरुबाटै मुढाभन्दा पछि पर्‍यो घण्टी « Khabarhub

इलाम २ मा सुरुबाटै मुढाभन्दा पछि पर्‍यो घण्टी


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

इलाम–इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी सुरुवाती रुझानमा ठूला दुई दलभन्दा निक्कै पछि परेको छ ।

सभापति रवि लामिछानेसहितका नेताहरू पटक पटक पुगेर आक्रमक चुनावी प्रचार गर्दा पनि फाकफोकथुमका ३ वटा वडाको परिणाम आइसक्दा रास्वपालाई स्वतन्त्र उम्मेदवारले पछि पारेका छन् ।

फाकफोकथुम गाउँपालिका १, २ र ३ नम्बर वडाको मत गनिसक्दा नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता बनाइरहँदा रास्वपा उम्मेदवार मिलन लिम्बू चौथो स्थानमा खुम्चिएका छन् । यद्यपि यो सुरुवाती रुझान मात्रै हो, इलाम सदरमुकामतिर प्रवेश गरेसँगै रास्वपाले मत बढाउने सम्भावना कायमै छ ।

पछिल्लो परिणामअनुसार कांग्रेसका खड्का र एमालेका सुहाङ नेम्बाङबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

फाकफोकथुम १, २, ३ वडा जम्मा ४१८१ मत गन्दा कांग्रेसका खड्का ४२ मतले अगाडि छन् । यहाँ उनले १६ सय ४३ मत ल्याउँदा एमालेका सुहाङले १६०१ मत ल्याएका छन् ।

तेस्रो स्थानमा मुढा लिएर उठेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम छन् । उनले ४३७ मत ल्याउँदै तेस्रोमा छन् । उता रास्वपाका लिम्बुलाई ३०५ मत झरेको छ ।

धरानका मेयर हर्क साम्पाङसहितले साथ दिएका थेगिम तेस्रो हुँदा रास्वपालाई चौथो मत मिलेको हो । यहाँ थेगिमले रास्वपाका लिम्बुलाई ताजा अवस्थामा १३२ मतले पछि पारेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : ३६ बजे

‘विमान यात्रु बोकेर गन्तव्यमा पुर्‍याउने माध्यम मात्र होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप हो’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आजको विमान

संसद् महत्त्वपूर्ण र निर्णायक हो भन्ने पुस्ट्याइँ गर्ने गरी काम गर्नुस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले सङ्घीय संसद् महत्त्वपूर्ण र निर्णायक ठाउँ

‘साधनमाला’ लोकार्पण

काठमाडौं– महायान/ बज्रयान बौद्ध दर्शनको साधनासम्बन्धी महत्त्वपूर्ण ग्रन्थ ‘साधनमाला–१’ को

किसानको पिडा- भेडा मरेर के भो मन मरेको छैन

चेहेरे चौर-  चेहेरे पाटनमा बाक्लो हिउँ नपरेको वर्षौँ भयो । जुम्ला बजारबाट