फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि « Khabarhub

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । पीएसजीले तीन खेल बाँकी छँदै उपाधि जितेको हो ।

गएराति भएको खेलमा दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग ३–२ गोलले पराजित भएसँगै पीएसजीले उपाधि जितेको हो ।

३१ खेल खेलेको पीएसजीको ७० अंक रहेको छ। जुन समान खेल खेलेको मोनाकोको भन्दा १२ अंक बढी हो। मोनाकोको ५८ अंक रहेको छ।

शनिबार राति ली हाब्रेसँग ३–३ गोलको बराबरी खेलेपछि पीएसजीले लिग उपाधि जित्न अर्को खेल कुर्नुपर्ने अवस्थामा मोनाको पराजित भएसँगै उपाधि हात पारेको हो ।

पीएसजीले अब सेमिफाइनलमा बोरुसिया डर्टमन्डसँग प्रतिस्पर्धा गर्नेछ । उपाधि चुमिसकेको पीएसजीका लागि यो खेल औपचारिकता मात्र हुनेछ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : ११ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा