फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि « Khabarhub

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । पीएसजीले तीन खेल बाँकी छँदै उपाधि जितेको हो ।

गएराति भएको खेलमा दोस्रो स्थानमा रहेको मोनाको लियोनसँग ३–२ गोलले पराजित भएसँगै पीएसजीले उपाधि जितेको हो ।

३१ खेल खेलेको पीएसजीको ७० अंक रहेको छ। जुन समान खेल खेलेको मोनाकोको भन्दा १२ अंक बढी हो। मोनाकोको ५८ अंक रहेको छ।

शनिबार राति ली हाब्रेसँग ३–३ गोलको बराबरी खेलेपछि पीएसजीले लिग उपाधि जित्न अर्को खेल कुर्नुपर्ने अवस्थामा मोनाको पराजित भएसँगै उपाधि हात पारेको हो ।

पीएसजीले अब सेमिफाइनलमा बोरुसिया डर्टमन्डसँग प्रतिस्पर्धा गर्नेछ । उपाधि चुमिसकेको पीएसजीका लागि यो खेल औपचारिकता मात्र हुनेछ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : ११ बजे

प्रधानमन्त्री बालेन भन्छन्- भ्रममा नपर्नुस्, भूमिहीनको आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार र सरकारी

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी

झापा वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा

इन्टर मिलान बन्यो सिरी ए च्याम्पियन :तीन खेल अगावै उपाधि कब्जा

काठमाडौँ – इन्टर मिलानले आइतबार राति पार्मालाई २–० ले पराजित

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ? उम्मेदवार छनोट रूपरेखा (पूर्णपाठ)

काठमाडौँ – आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र

अनि दयाहाङलाई गालीको ओइरो…

काठमाडौँ – समाजिक विषयमा आवाज उठाउनु कलाकारको नैतिक जिम्मेवारी हो