गोरुसिङ्गेमा रिसोर्ट बनाउन चिनियाँ कम्पनी बोर र नेपालको साखः ग्रुपबीच सम्झौता « Khabarhub

गोरुसिङ्गेमा रिसोर्ट बनाउन चिनियाँ कम्पनी बोर र नेपालको साखः ग्रुपबीच सम्झौता


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको बोर ग्रुप अफ होटल चाइना र नेपालको साखः ग्रुपबीच कपिलवस्तुको गोरुसिङ्गेमा २ अर्ब रुपैयाँ लगानी गरी सुविधासम्पन्न रिसोर्ट बनाउने सहमति भएको छ ।

काठमाडौंमा जारी लगानी सम्मेलनमा दुई लगानी कम्पनीबीच ७० कोठे रिसोर्ट बनाउने सम्झौता भएको हो । होटल निर्माण गर्न नेपाली र चिनियाँ कम्पनीसँग हङकङको अनफरमन ग्रुप पनि जोडिएको छ ।

अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा साखः एण्ड कम्पनीका अध्यक्ष किरण साख र अनफरमन ग्रुप अध्यक्ष लि पिङले हस्ताक्षर गरेका हुन्‌ । हस्ताक्षर समारोहमा लगानी बोर्डका अध्यक्ष सुशील भट्ट पनि उपस्थित थिए ।

२२ बिगाहा क्षेत्रफलमा फैलने अत्याधुनिक र सुविधासम्पन्न रिसोर्टको एउटा कोठामा एक रात बिताउन ५५ हजार रुपैयाँ तिर्नुपर्ने बताइएको छ । बोर ग्रुपले जापान, लाओस, कम्बोडिया, भियतनाम र चीनमा होटल व्यवसाय सञ्‍चालन गरिरहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : २८ बजे

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा