जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न « Khabarhub

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत योजनाको सम्झौता सम्पन्न भएको पाइएको छ ।

नगरले चालु वर्ष ९ वटा वडामा एक सय ९४ वटा योजना वितरण गरेकोमा चालु वर्ष सकिन करिब तीन महिना बाकी रहँदै पालिकाले सबै योजनाको सम्झौता गरेको जिरी नगरपालिका नगरप्रमुख मित्र जिरेल बताए ।

नगरपालिकाले आइतबार जिल्लाका स्थानीय मिडिया रेडियो सँग प्रत्यक्ष भेटघाट कार्यक्रमको आयोजना गरेर चालु वर्षका योजना तथा अनुदान कार्यान्वयनको प्रगति सार्वजनिक गरेको थियो ।

नगरपालिका चालु वर्ष वडा नम्बर-१मा १५ वटा योजना वितरण तथा सञ्चालन गरेको थियो भने,वडा नम्बर-२ मा १७ वटा, वडा नम्बर-३ मा २१, वडा नम्बर-४ मा २५, वडा नम्बर-५ मा २२ वटा वितरण गरेको थियो।

त्यसै गरी वडा नम्बर-६ मा १५, वडा नम्बर-७ मा १३, वडा नम्बर-८ मा सबैभन्दा बढी २९ वटा र ९ मा २५ वटा गरी एक सय ९४ वटा योजना वितरण गरेको नगर उपप्रमुख कृष्णमाया बुढाथोकीले बताइन् ।

उपाध्यक्ष बुढाथोकीका अनुसार सम्झौता गरिएका योजनाहरूमध्ये एक सय ५२ वटा योजनाको निर्माण सम्पन्न भई अन्तिम भुक्तानी समेत दिइसकेको उनले बताइन् । समग्रमा चालु वर्ष सकिन अझै करिब ३ महिना बाकी रहँदा नगरले २३.५६ प्रतिशत वित्तीय प्रगति गरेको नगरपालिकाले जनाएको छ।

नगरले चालु वर्षको असोजमा योजना सम्झौता गर्न  घुम्ती सेवा शिविर सञ्चालन समेत गरेको थियो। नगरले चालु वर्ष पूर्वाधार विकास तर्फ १५ करोड २ लाख ५६ हजार बजेट विनियोजन गरेमा ३ करोड ४८ लाख ५४ हजार रकम बराबरको योजनाको काम सम्पन्न भई भुक्तानी दिइसकेको नगरले जनाएको छ ।

जिरी नगरपालिकाको आन्तरिक आम्दानीको स्रोत न्यून रहेको पाइएको छ।गत वर्ष करिब ४२ लाख आन्तरिक आम्दानी गरेको नगरले यस वर्ष पनि सोही हाराहारीमा आन्तरिक आम्दानी राजस्व संकलन गर्ने जनाएको छ।यस नगरले चालु आर्थिक वर्ष२०८०/०८१ मा ५६ करोड ४६ लाख २३ हजार बजेट ल्याएको थियो ।

उक्त बजेट मध्ये हालसम्म २४ करोड १४ लाख ५६ हजार खर्च भएको पाइएको छ ।प्रतिशतको हिसाबले जिरीले हालसम्म करिब ४२.७६ प्रतिशत बजेट खर्च गरेको पाइएको छ ।

– सुबास बस्नेत

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  २ : ५७ बजे

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना