धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से  | Khabarhub Khabarhub

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से 


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १० अंकले बढेर बजार बन्द हुँदा भने नामले मात्र बढेको देखिएको छ । आज नेप्से ०.०७ अंकले बढेर १९८०.३४ बिन्दु कायम भएको छ । आज करिब ३ अर्बको कारोबार भएको छ ।

बजार बन्द हुँदासम्म २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँ बराबरको ७३ लाख ४१ हजार १७७ कित्ता शेयर ४६ हजार ५११ पटक किनबेच भएको छ । आज ३१७ कम्पनीको शेयर कारोबार हुँदा ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ । १७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज पोखरा, जानकी र नेपाल फाइनान्सको शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । सेन्सेटिभ इन्डेक्स १.१४ अंकले, फ्लोट इन्डेक्स ०.१४ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६५ अंकले बढेको छ ।

समूह अन्तरगतको परिसूचक भने धेरैजसो राताम्य भएको छ । १३ वटा समुहमध्ये ४ समूहको शेयर मूल्य बढेको छ भने अन्य सबै घटेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ३ : ४३ बजे

सयपत्री फूल बिक्री भएपछि किसान खुसी

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वाराबाट एकैदिन चार सय ६८

तिहार : प्रकृति, प्रेम र प्रकाशको दिव्य संगम

हिन्दुको महान चाड तिहार घरदैलोमा टेकिसकेको छ। प्रकृति, प्रेम र

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको