धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से  « Khabarhub

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से 


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १० अंकले बढेर बजार बन्द हुँदा भने नामले मात्र बढेको देखिएको छ । आज नेप्से ०.०७ अंकले बढेर १९८०.३४ बिन्दु कायम भएको छ । आज करिब ३ अर्बको कारोबार भएको छ ।

बजार बन्द हुँदासम्म २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँ बराबरको ७३ लाख ४१ हजार १७७ कित्ता शेयर ४६ हजार ५११ पटक किनबेच भएको छ । आज ३१७ कम्पनीको शेयर कारोबार हुँदा ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ । १७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज पोखरा, जानकी र नेपाल फाइनान्सको शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । सेन्सेटिभ इन्डेक्स १.१४ अंकले, फ्लोट इन्डेक्स ०.१४ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६५ अंकले बढेको छ ।

समूह अन्तरगतको परिसूचक भने धेरैजसो राताम्य भएको छ । १३ वटा समुहमध्ये ४ समूहको शेयर मूल्य बढेको छ भने अन्य सबै घटेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ३ : ४३ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण