चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौँ : मुख्यमन्त्री कँडेल | Khabarhub Khabarhub

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौँ : मुख्यमन्त्री कँडेल


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी सरकार अगाडि बढिरहेको बताएका छन् ।

प्रदेशसभाको साेमबारको बैठकमा उनले विगतमा जस्तो अब असारमा योजना कार्यान्वयन गर्ने पक्षमा आफू नरहेको बताए ।  ‘जेठ मसान्तभित्र सबै कामहरू गरिसक्ने गरी सरकार अगाडि बढिरहेको छ । मेरो नेतृत्वको सरकार असार महिनामा कुनै पनि ठेक्का लगाउने र योजना कार्यान्वयन गर्ने पक्षमा छैन’, मुख्यमन्त्री कँडेलले सभामा भने ।

उनले चालु आवका विभिन्न योजना शीर्षकमा बाँकी रहेको रकम प्राथमिकताका आधारमा क्रमागत र बहु वर्षे योजनामा खर्च गर्न आफू तयार रहेको समेत बताए ।

मुख्यमन्त्री कँडेलले सबैले अनुभूत गर्ने गरी सरकारले काम गर्ने र सङ्घीय सरकारलाई बजेट विनियोजनका लागि पठाएका योजनामा समेत आफूले त्यही मान्यतालाई अनुशरण गरेको बताए ।

त्यस्तै, अघिल्लो सरकारले गरेका राम्रा कामहरूलाई प्राथमिकता राखेर अगाडि बढ्न तयार रहेको उनले बताए ।  प्रदेशसभाका हिउँदे अधिवेशन आजैदेखि अन्त्यका लागि सिफारिस गरेको पनि उनले सदनलाई जानकारी गराए ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ६ : २० बजे

सातहजार रुपैयाँ घुस लिने दीपक पौडेल दोषी ठहर, एक महिना कैद सजाय

काठमाडौं- सात हजार रुपैयाँ घुस लिएको अभियोगमा दीपक पौडेल दोषी

ओली भन्छन्ः एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो ठाउँ छ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा सबैलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि