राजनीतिमा लागिन् पूर्वमिस नेपाल अर्थ प्रिया सिग्देल « Khabarhub

राजनीतिमा लागिन् पूर्वमिस नेपाल अर्थ प्रिया सिग्देल


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०१८ की मिस नेपाल अर्थ प्रिया सिग्देल साझा विवेकशील पार्टी प्रवेश गरेकी छिन् । उनी साझा पार्टीकी केन्द्रीय सदस्य नियुक्त समेत भएकी छिन् ।

पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा २४ वर्षीया प्रियालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको हो । आइतबार बसेको केन्द्रीय समिति बैठकले सिग्देललाई केन्द्रीय सदस्य चयन गरेको हो । साझा पार्टीले युवापुस्तालाई जोड्नका लागि प्रियालाई मनोनित गरेको जनाएको छ ।

प्रियाले डेभलपमेन्ट स्टडिज विषय लिएर स्नातक गरेकी छन् । उनी महिला सशक्तीकरणका विषयमा पनि सक्रिय छिन् । प्रियाले अब नेपालको भविष्य बनाउन युवापुस्ताको हात रहेकाले आफू साझा पार्टीमा प्रवेश गरेको बताएकी छिन् ।

उनले आफूलाई राजनीतिक रुपमा सक्रिय रहेर समाज रुपान्तरणका लागि भूमिका खेल्ने बताइन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ८ : ०१ बजे

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

म पार्टी विभाजनको पक्षमा छैन : शशांक कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा