श्रम सम्बन्धी ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण « Khabarhub

श्रम सम्बन्धी ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रम सम्बन्धी ऐन नियमहरू समय सापेक्ष सुधार र संशोधन गरि प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

अन्तराष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रले श्रमिकहरूको हक अधिकार स्थापित गर्नका लागि आवश्यक ऐन कानूनहरूलाई समयसापेक्ष परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

केन्द्रले औँद्योगिक सम्बन्धलाई सुमधुर बनाउन र ट्रेड युनियन गतिविधिलाई संस्थान गर्न अनिर्वाय रुपमा सबै प्रतिष्ठानहरूमा सामूहिक सौदाबाजी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ । 

सार्वजनिक क्षेत्रमा कार्यरत करारका कामदार तथा श्रमिकहरूलाई सामाजिक सुरक्षामा आवद्ध गराउन आगामी बजेटमा आवश्यक रकम बजेट विनियोजित गरि तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुमार कुँवरले जानकारी दिए । उनले बुधबार सबै दल निकट ट्रेड युनियनहरूले एकैस्थानमा श्रमिक दिवस मनाउने जानकारी दिए ।

काठमाडौंको भृकुटिमण्डपमा हुने कार्यक्रममा प्रधानमन्त्री लगायतका अन्य दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  २ : १६ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको