यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत | Khabarhub Khabarhub

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान सरकारले गरेको छ । चालु आर्थिक वर्षमा अर्थतन्त्र ३.८७ प्रतिशतले विस्तार हुने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी विवरण सार्वजनिक गर्दै विभागले चालु आर्थिक वर्ष अर्थतन्त्रको आकार गत वर्षकोभन्दा बढी दरले उकालो लाग्ने अनुमान गरेको हो । गत वर्ष नेपालको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा खुम्चिएको थियो ।

विभागले नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब ८७ करोड रुपैयाँ पुग्ने देखिएको जनाएको छ । त्यही आधारभूत मूल्यअनुसार नेपालको कुल ग्राहस्थ्य उत्पादन ३.५४ प्रतिशतले विस्तार हुने अनुमान विभागले गरेको हो ।

सरकारको यो अनुमान विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एशियाली विकास बैंकको अनुमानभन्दा बढी हो ।

विश्व बैंकले यस वर्ष नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले बढ्ने अनुमान गरेको छ । उता मुद्रा कोषले ३.१ प्रतिशत र एडीबीले ३.६ प्रतिशतले विस्तार हुने अनुमान गरेका छन् ।

नेपालकै निजी क्षेत्रको तर्फबाट नेपाल व्यवस्थापन संघले देशको आर्थिक वृद्धि ३.०९ प्रतिशत हुने अनुमान गरिसकेको छ ।

विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रतर्फको वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रतर्फको वृद्धिदर ३.७५ प्रतिशतले हुने अनुमान गरिएको छ ।

गत वर्ष अर्थतन्त्र उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधार मूल्यमा २.१६ प्रतिशतले विस्तार हुँदै त्यसको आकार (उपभोक्ता मूल्यमा) ५३ खर्ब ४८ अर्ब पुगेको  विभागले जनाएको छ ।

गत वर्षको संशोधित आर्थिक वृद्धिदर (आधारभूत मूल्यमा) २.३१ प्रतिशत कायम भएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : ४० बजे

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली– विश्वकर्मा पूजा आउन करिब एक महिना बाँकी रहँदा यहाँ

रञ्जिता आफैं बनिन् नागरिक उन्मुक्ति दलको नेता

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी आफैं संसदीय

भारत–चीन द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका विदेशमन्त्री वाङ

बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन)विधेयक, २०८२ माथि विचार

घट्यो नेप्से, कारोबार ५ अर्ब २० करोडमा सीमित

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार घटेको छ । नेप्सेमा