पहिचानवादीलाई सुहाङले भने : नेपाल इन्द्रेणीको रङ जस्तै हो, सबै जातिको हित हेर्नुपर्छ « Khabarhub

पहिचानवादीलाई सुहाङले भने : नेपाल इन्द्रेणीको रङ जस्तै हो, सबै जातिको हित हेर्नुपर्छ


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमाले इलाम क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले इलामवासीको विश्वास र भरोसा मर्न नदिने बताएका छन् ।

मंगलबार इलाम–२ को उपनिर्वाचनपछिको चुनावी सभालाई सम्बोधन गर्दै नेम्बाङले इलामका जनताले सुवास नेम्बाङप्रति देखाएको भरोसालाई टुट्न नदिने बताए ।

अग्रजहरूको योगदानको आफूले सधैँ कदर गर्ने नेम्बाङले बताए ।अहिलेको समय युवाको भए पनि अग्रजहरूको सम्मान गर्दै उनीहरूको सल्लाह र आशीर्वाद लिएर अघि बढ्नु पर्नेमा उनले जोड दिए ।

अग्रजले देखाएको बाटो बिर्सन नहुने उनले स्पष्ट पारे । नेम्बाङले मतदाताको शिर नझुक्ने गरी काम गर्ने बाचा गरे । ‘इमान र निष्ठापूर्वक काम गर्ने छु भन्ने कुरा म यहीँबाट बाचा पनि गर्दछु’, उनले भने ।

नेम्बाङले कसैलाई गाली गरेर वा कसैको दुष्प्रचार गरेर होइन, काम गरेर देखाउनु पर्ने बताए । आफू त्यही हिसाबले अघि बढ्ने उनले बताए ।

अग्रजहरूले व्यवस्था परिवर्तन र संविधान लेखको काम पूरा गरेको बताउँदै नेम्बाङले अब नयाँ पुस्ता अवस्था परिवर्तनको काममा लाग्नु पर्नेमा जोड दिए ।

नेम्बाङले कुनै जात वा समुदाय विशेषको कुरा गर्नेभन्दा सारा नेपालीको हितमा काम गर्नुपर्नेमा जोड दिए । नेपाल इन्द्रेणीको रङ जस्तै भएकाले सबै रङको महत्त्व रहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : ४८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना