त्रिशुलीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो « Khabarhub

त्रिशुलीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- गत शुक्रबार त्रिशुलीमा खसेर भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाट नजिकै पृथ्वी राजमार्गमा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ७४६९ नम्बरको न्यू सृष्टि डिलक्स बस गत शुक्रबार बिहान त्रिशुली नदीमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका ३ जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ भने १३ जना विभिन्न अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

उक्त दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ, ईलाका प्रहरी कार्यालयहरु बेनिघाट तथा गजुरी र प्रहरी चौकी जोगीमाराबाट समेत प्रहरी टोली खटी गई उद्दार कार्यमा जुटेको थियो ।

दुर्घटनामा मृत्यु भएका ९ जनाको शव आफन्तलाई बुझाइएको छ भने तनहुँ देवघाट गाउँपालिका-५ घिनटारस्थित बन्दै गरेको पुलमुनी फेला परेको करिब ४५ वर्षीय पुरुषको शव सनाखत हुन बाँकी रहेको छ ।

काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेका घाइतेहरुमा भारत सितामढी घर हुने ४० वर्षीय धिरेन्द्र कुमार, सर्लाही कविलास नगरपालिका-४ बस्ने ३२ चर्षीय विजय यादव र सर्लाही हरिहर घर हुने बस चालक ४० वर्षीय जिवन विक रहेका छन् । उनीहरुमध्ये चालक विकको अवस्था गम्भीर रहेको छ भने अन्य २ जना बोल्न सक्ने अवस्थामा छन् ।

सर्लाही मलंगवाबाट आएको उक्त बसमा चालक, सहचालक, कन्डक्टर र यात्रु गरी ४१ जना सवार रहेको भन्ने बुझिएको छ । दुर्घटनामा परी बेपत्ता भएका अन्य व्यक्तिहरुको खोजी तथा उद्दार कार्य एवं थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ८ : ४६ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय