बैंक खाता सक्रिय गरी अनुदान लिन प्राधिकरणको आह्वान « Khabarhub

बैंक खाता सक्रिय गरी अनुदान लिन प्राधिकरणको आह्वान


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरी खाता सक्रिय नगरेका भूकम्पबाट प्रभावित लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा जम्मा गरिएको तर खाता सक्रिय नगरेका कारण धेरै लाभग्राहीको रकम निष्क्रिय भएपछि तोकिएको बैंकमा सम्पर्क राख्न आग्रह गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

खाता सक्रिय गरी जम्मा गरिएको रकम निकालेर निजी आवास पुनर्निर्माण शुरु गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको उनले बताए ।
‘समयमै खाता सक्रिय नगर्ने लाभग्राहीको खाता निष्क्रिय पारिनेछ’, उनले भने ।

हालसम्मको तथ्याङ्कअनुसार पहिलो किस्ता लिएका सात लाख ६७ हजार ६०८ मध्ये छ लाख दुई हजार ४४३ लाभग्राहीले घर निर्माण शुरु गरी दोस्रो किस्तासमेत लिइसकेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ९ : १० बजे

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

काठमाडौं- एनसेलले एनसेल बिजनेस क्लाउड सुइट सेवा सुरु गरेको छ।

के देउवा पक्राउ पर्लान् ?

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलना

वर्षमानको प्रश्न- नेपाल ‘प्याक्स सिलिका’ को साझेदार हो ?

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग