तित्याङ–भकुण्डे सडक : ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र « Khabarhub

तित्याङ–भकुण्डे सडक : ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

गलकोट– अहिले बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा तित्याङ र भकुण्डेका सडकलाई लिन सकिन्छ । भिरालो भौगोलिक अवस्थाका कारण साँघुरो र उकालो सडकका कारण यात्रुलाई तित्याङ र भकुण्डे पुग्न निकै असहज भइरहेको सन्दर्भमा अब भने तित्याङ हुँदै भकुण्डे पुग्ने सडक कालोपत्र हुने भएको छ । 

नगरपालिकाभित्रका सडक कालोपत्रमा जोडिने क्रमले निरन्तरता पाइरहेको अवस्थामा बागलुङ बजारको अदालत चौपारीदेखि गौँडाकोट, तित्याङ हुँदै भकुण्डे पुग्ने सडक स्तरोन्नतिसँगै कालोपत्रका लागि निर्माण व्यवसाय फिल्डमा आएको छ । विसं २०६० मा जनताले चन्दा उठाएर खोलिएको सडक कालोपत्रका लागि निर्माण व्यवसायी छनोट भएर काममा आएपछि स्थानीय पक्की सडकमा गुड्न पाउने भन्दै आशावादी भएका छन् । 

बीस वर्षअघि स्थानीयवासीको सहयोगमा ट्र्याक खोलिएको सडक हालसम्म स्तरोन्नतिसमेत हुन नसकेको अवस्थामा एकै पटक बागलुङ बजारदेखि  तित्याङ–भकुण्डे हुँदै रायडाँडाको सिमानासम्म १५ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएर निर्माण व्यवसायी काममा आएको स्थानीयवासी बद्री पौडेलले बताए । 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ८ : ०६ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको