तित्याङ–भकुण्डे सडक : ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र | Khabarhub Khabarhub

तित्याङ–भकुण्डे सडक : ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

गलकोट– अहिले बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा तित्याङभकुण्डेका सडकलाई लिन सकिन्छ । भिरालो भौगोलिक अवस्थाका कारण साँघुरो र उकालो सडकका कारण यात्रुलाई तित्याङभकुण्डे पुग्न निकै असहज भइरहेको सन्दर्भमा अब भने तित्याङ हुँदै भकुण्डे पुग्ने सडक कालोपत्र हुने भएको छ । 

नगरपालिकाभित्रका सडक कालोपत्रमा जोडिने क्रमले निरन्तरता पाइरहेको अवस्थामा बागलुङ बजारको अदालत चौपारीदेखि गौँडाकोट, तित्याङ हुँदै भकुण्डे पुग्ने सडक स्तरोन्नतिसँगै कालोपत्रका लागि निर्माण व्यवसाय फिल्डमा आएको छ । विसं २०६० मा जनताले चन्दा उठाएर खोलिएको सडक कालोपत्रका लागि निर्माण व्यवसायी छनोट भएर काममा आएपछि स्थानीय पक्की सडकमा गुड्न पाउने भन्दै आशावादी भएका छन् । 

बीस वर्षअघि स्थानीयवासीको सहयोगमा ट्र्याक खोलिएको सडक हालसम्म स्तरोन्नतिसमेत हुन नसकेको अवस्थामा एकै पटक बागलुङ बजारदेखि  तित्याङ–भकुण्डे हुँदै रायडाँडाको सिमानासम्म १५ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएर निर्माण व्यवसायी काममा आएको स्थानीयवासी बद्री पौडेलले बताए । 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ८ : ०६ बजे

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण