सगरमाथाको फेदमा ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’ | Khabarhub Khabarhub

सगरमाथाको फेदमा ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- प्रसिद्ध पर्यटकीय जिल्ला सोलुखुम्बुको ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’ गर्न पाइने भएको छ । केही दिनअघि उक्त स्थानमा ‘बञ्जी जम्प’को सफल परीक्षण गरिएको छ ।

लुक्ला बजारदेखि सगरमाथा आधारशिविर जाने बाटोमा अवस्थित प्रसिद्ध ‘हिलारी ब्रिज’मा ‘बञ्जी जम्प’को सफल परीक्षण गरिएको हो ।

‘बञ्जी जम्प’का लागि दूधकोशी नदीको खोंचमा सम्पूर्ण पूर्वाधार बनाइएको छ । दूधकोशीबाट ४३ मिटरको उचाइमा ‘बञ्जी जम्प’स्थल बनाइएको हो ।

यहाँ लास्ट रिसोर्ट ‘बञ्जी जम्प’स्थल सञ्चालनमा ल्याएको हो । यस एभरेस्ट ‘बञ्जी जम्प’को व्यवस्थापन पनि लास्ट रिसोर्टले गर्ने बञ्जी मास्टर भोला श्रेष्ठले बताएका छन् ।

दूधकोशीमाथि सोमबार परीक्षण सफल भइसकेको उनले बताए । अब यसै वर्ष सेप्टेम्बरदेखि यहाँ व्यवसायिक रुपमा ‘बञ्जी जम्प’सञ्चालन गरिने तयारी छ ।

‘नाम्चे बजारको केही तल अवस्थित हिलारी ब्रिजमा बञ्जी जम्पका लागि पूर्वाधार तयार गरिएको हो’, श्रेष्ठले भनेका छन्,‘यहाँ ‘बञ्जी जम्प’ परीक्षण सफल भयो, अब आगामी सेप्टेम्बरदेखि व्यवसायिक रुपमा सञ्चालनमा ल्याउँछौँ ।’

उनले सोलुखुम्बुमा साहसिक पर्यटनको अर्को पूर्वाधार थपिएको भन्दै खुसी व्यक्त गरे । यस ‘बञ्जी जम्प’का सञ्चालक छेपाल दोर्जे शेर्पाले गाउँपालिकाबाट सबै अनुमति मिलिसकेको बताए । यो ‘बञ्जी जम्प’स्थलका लागि डेढ करोड रुपैयाँ लगानी गरिएको उनले बताएका छन् ।

अब यो स्थलमा पर्यटन विभागले अनुगमन गर्न बाँकी छ । विभागले अनुगमन गरेर अनुमति दिएपछि यहाँ व्यवसायिक रुपमा ‘बञ्जी जम्प’ गराइने छ ।

तस्बिर : दावा जाङ्बु शेर्पा

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १२ : ३२ बजे

पन्त रनआउट भएपछि भारतले गुमायो अग्रताको अवसर

काठमाडौं – भारत र इङ्गल्यान्ड बीचको तेस्रो टेस्टको पहिलो पारीमा

भानुभक्तको जन्मस्थललाई साहित्यिक स्थल बनाउनु पर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मेक्सिको र युरोपेली देशको सामानमा ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट महिनादेखि लागु हुने

प्रतिनिधिसभा बैठक बस्दै, साइबर सुरक्षा विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दैछ ।