ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट  « Khabarhub

ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट 


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका । समथर भू-भागदेखि उच्च पहाडसम्म फैलिएको गलकोटको बस्ती-बस्तीमा सडक पुगेका छन् तर ग्रामीण क्षेत्रबाट बसाइँ सरेर बजार झर्नेको सङ्ख्या घटेको छैन । 

दिनप्रति दिनको बसाइँसराइले गाउँ रित्तिन थालेको छ । बसाइँसराइलाई रोक्नका लागि नगरपालिकाले ग्रामीण सडकहरू स्तरोन्नति गरी गाउँमै सुविधा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ । नगरपालिका स्थापना हुन पूर्व नै गलकोटमा धेरै सडक ट्रयाक खुलेका थिए । विसं २०७३ अगाडि तीन सय ३० किलोमिटर ग्रामीण सडकको ट्रयाक खुलेको थियो । सात वर्षको अवधिमा एक सय ५७ किलोमिटर थप सडक ट्रयाक खुल्यो ।

नगरपालिकाभर नयाँ र पुराना गरी चार सय ८७ किलोमिटर ग्रामीण सडक छन् । ती सबै सडकलाई प्राथमिकताका आधारमा पालिकाले स्तरोन्नति गर्न थालेको छ । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीका अनुसार ११ वटै वडाको सबै बस्तीमा सडक पुगेको हुँदा अब नयाँ ट्रयाक खोल्ने काम रोकिएको छ । 

यस वर्ष हटिया-हरिचौर-ताराखोला सडक, हटिया बजारदेखि कोटघर सडक र नरेठाँटी-दुदिलाभाटी सडक कालोपत्र गर्न थालिएको भण्डारीले बताए । मल्म-पाण्डवखनी, रँगेनी-तोरीखोला-ठानामजुवा सडक र हरिचौर-टेउवालगायत पालिकाभरका २० वटा सडक चालु आर्थिक वर्षमा स्तरोन्नति भइरहेको उनले जानकारी दिए।

गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले सडक गुरुयोजना बनाएर काम गर्न थालेको बताए । अघिल्लो वर्षदेखि नै पालिकाभरिका सडक बाह्रै महिना सञ्चालन हुने स्तरको बनाइएको र अब कालोपत्र गरिने उनको भनाइ छ । 

प्रमुख गैरेका अनुसार विसं २०७४ साल यता ११ किलोमिटर ढलान तथा कालोपत्र, ६५ किलोमिटर ग्राभेल, पाँचवटा मोटरेबल पुल र दुई दर्जन कल्भर्ट निर्माण भएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग गलकोटमा करिब ४५ किलोमिटर फैलिएको हुँदा यसले यातायातमा ठूलो टेवा पुर्‍याएको छ ।

नगरपालिकाले सडकलाई स्तरोन्नति गर्न थालेपछि यात्रा र सामान ढुवानीमा सहज भएको गलकोट नगरपालिका-६ का वीरबहादुर खत्रीले बताए । अघिल्लो वर्षसम्म थुप्रै सडक साँघुरा र अप्ठ्यारा हुँदा यात्रा गर्न निकै कठिन हुने गरेको थियो ।

 अहिले धेरै सजिलो भएको खत्रीको भनाइ छ । सडक स्तरोन्नतिपछि गाडी भाडासमेत घटेकोमा स्थानीयवासी खुसी भएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १ : ३० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा