अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाको अपिल | Khabarhub Khabarhub

अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाको अपिल


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको हेरात प्रान्तका मंगलबार मस्जिदमा भएको आक्रमणमा एक महिला र एक बालकसहित पाँच जनाको मृत्यु भएपछि आफूहरूको सुरक्षाका लागि भक्तजनहरूले प्रशासनसँग आग्रह गरेका छन् । 

सुरक्षा अधिकारीहरूका अनुसार आक्रमणकारीको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । बन्दुकधारीले साँझको प्रार्थनाका क्रममा पश्चिमी हेरातको गुजारा जिल्लाको मोहम्मदीयामा रहेको मस्जिदमा आक्रमण गरेका थिए ।

हेरातका बासिन्दा मोहम्मद जमानले प्रार्थनास्थल सुरक्षित गर्न आह्वान गर्दै सरकारले सबै मस्जिदहरू सुरक्षित राख्नुपर्ने विषयमा ध्यान दिनु समग्र राष्ट्रवासीको माग भएको बताए  ।  

यसैबीच, राज्यले सुरक्षाको जिम्मा लिनुपर्ने बताउँदै आगामी दिनमा नागरिकको सुरक्षाको सुनिश्चितताका लागि आग्रह गरेको अर्का बासिन्दा असदुल्ला किमेटलाई उद्धृत गरी टोलोन्यूज जनाएको छ ।  

हेरात सहरको पश्चिममा रहेको जाबरियालको छिमेकमा बन्दुकधारीहरूले दुई शिया पादरीसहितका बासिन्दाहरूलाई आक्रमण गरेको पाँच महिनापछि यो अर्को आक्रमण भएको हो ।  उक्त आक्रमणमा दुई जना महिलासहित छ  जनाको मृत्यु भएको थियो । 

हेरातका बासिन्दाहरूले आफ्नो प्रान्तमा आक्रमण गर्ने दोषीहरूको यथाशीघ्र पहिचान गरी उचित सजाय हुनुपर्ने माग गरेका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । घटनाको अनुसन्धान जारी छ । 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १ : ४७ बजे

संसद विघटनमा माओवादी दुई धार, चुनावमा एक

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसद विघटन गरेको विषयलाई लिएर

एक महिनामा अध्ययनका लागि विदेशियो १४ अर्ब ३१ करोड

काठमाडौं– देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था

जाग्राम बसेर देश विकास हुने हो र प्रधानमन्त्रीज्यू ?

७२ वर्षीय बयोवृद्ध निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई पछ्याउँदै ७३ वर्षीया

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो