अहिलेको अवस्थामा वर्तमान सरकारको विकल्प छैन : देव गुरुङ « Khabarhub

अहिलेको अवस्थामा वर्तमान सरकारको विकल्प छैन : देव गुरुङ


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्र का महासचिव देव गुरुङले अहिलेको अवस्थामा वर्तमान सरकारको विकल्प नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले मुलुकको विकास र समृद्धिका लागि वर्तमान सरकारको ध्यान केन्द्रित भएको तर्क गरे ।

उनले अहिले नै यो सरकारको विकल्प नभएको बताएका छन् । गुरुङले सापेक्षित रुपमा वर्तमान सरकार लामो समय टिक्ने बताए ।

सरकारमा रहेका घटकहरू न्यूनतम साझा कार्यक्रम र एजेण्डामा दृढताका साथ अघि बढ्दासम्म सरकारमा कुनै समस्या नहुने उनको भनाइ छ ।

राष्ट्रिय स्वाधीनताका साथै देश र जनतालाई हितमा राख्दै सरकारले काम गरिरहेको उनले बताए ।

गुरुङले राष्ट्रियता र जनताको मुद्दाहरूमा कम्युनिष्टहरू दृढ रहेको धारणा राखे ।

त्यस्तै महासचिव गुरुङले नेपालको समृद्धिका लागि आन्तरिक स्रोत मुख्य भए पनि बाह्य पूँजीको पनि भूमिका महत्पवपूर्ण रहेकाले लगानी सम्मेलनले त्यसमा प्रोत्साहित गरेको उल्लेख गरे ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : १५ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री