एनसीबी कन्फरेन्समा भाग लिएर फर्किए प्रहरी महानिरीक्ष कुँवर « Khabarhub

एनसीबी कन्फरेन्समा भाग लिएर फर्किए प्रहरी महानिरीक्ष कुँवर


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ सम्म सञ्चालित ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी भएर प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर बुधबार स्वदेश फर्किएका छन् ।

हेड अफ एनसीबी कन्फरेन्समा मुख्य रूपमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधहरूको नियन्त्रणबारे इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रका एनसीबी प्रमुख, इन्टरपोल महासचिव तथा पदाधिकारीबीच समन्वय एवम् सहकार्यबारे छलफल भएको छ ।

सदस्य राष्ट्रहरूबीच अपराधीको विवरण आदानप्रदान, बालबालिकाको सुरक्षा, तथ्यांक सुरक्षाका एजेन्डामा छलफल तथा सहमति भएको प्रहरी महानिरीक्षक कुँवरको सचिवालयले जनाएको छ ।

एनसीबी नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवरले आपराधिक घटनाको सूचना आदान प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता वृद्धि एवम् पारस्परिक सहयोग आदान प्रदानबारे भारत, चीन र मलेसियाका प्रतिनिधिसँग छलफल पनि गरेका छन् ।

प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० मा  फ्रान्स गएका थिए । कन्फरेन्समा प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह पनि सहभागी भए ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : २० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो