एनसीबी कन्फरेन्समा भाग लिएर फर्किए प्रहरी महानिरीक्ष कुँवर « Khabarhub

एनसीबी कन्फरेन्समा भाग लिएर फर्किए प्रहरी महानिरीक्ष कुँवर


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ सम्म सञ्चालित ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी भएर प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर बुधबार स्वदेश फर्किएका छन् ।

हेड अफ एनसीबी कन्फरेन्समा मुख्य रूपमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधहरूको नियन्त्रणबारे इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रका एनसीबी प्रमुख, इन्टरपोल महासचिव तथा पदाधिकारीबीच समन्वय एवम् सहकार्यबारे छलफल भएको छ ।

सदस्य राष्ट्रहरूबीच अपराधीको विवरण आदानप्रदान, बालबालिकाको सुरक्षा, तथ्यांक सुरक्षाका एजेन्डामा छलफल तथा सहमति भएको प्रहरी महानिरीक्षक कुँवरको सचिवालयले जनाएको छ ।

एनसीबी नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवरले आपराधिक घटनाको सूचना आदान प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता वृद्धि एवम् पारस्परिक सहयोग आदान प्रदानबारे भारत, चीन र मलेसियाका प्रतिनिधिसँग छलफल पनि गरेका छन् ।

प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० मा  फ्रान्स गएका थिए । कन्फरेन्समा प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह पनि सहभागी भए ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : २० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा