काभ्रेमा पनि कपडा बैंक सञ्चालन | Khabarhub Khabarhub

काभ्रेमा पनि कपडा बैंक सञ्चालन


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका कार्यालय अगाडि कपडा बैंक (दराज) को स्थापना गरिएको छ । बनेपा नगरपालिका–८ का स्थानीय बासिन्दा सर्वश्री अधिकारीको सक्रियतामा शनिबारबाट कपडा बैंक सञ्चालनमा ल्याइएको हो । बैंकले दिनदुःखीका लागि निःशुल्करुपमा कपडा उपलब्ध गराउँदै आएको छ ।

असहाय तथा विपन्न गरीबलाई सहयोग पुर्‍याउने उद्देश्यले खेर गइरहेको सामान प्रयोगमा ल्याउने गरी सो कपडा बैंक स्थापना गरिएको सञ्चालक सर्वश्री अधिकारीले बताइन । ‘हाम्रो लक्ष्य भनेको नै दिनदुःखी र गरीबीको लागि सहयोग पुर्‍याउने हो,’ उनले भनिन्, ‘चाहिन्छ लानुहोस्, चाहिँदैन ल्याउनुहोस् भन्ने नाराका साथ सफा, नच्यातिएको टुटफुट नभएको आफूलाई आवश्यक नभएको तर अरुलाई आवश्यक हुने सामान ल्याउनको निमित्त अनुरोध गर्न चाहन्छु ।’

१०० एस ग्रुपको सदस्य र दिनानाथ दाहाल स्मृति प्रतिष्ठान काभ्रे तथा नवजीवन परोपकार समाज काठमाडौँको आजीवन सदस्यसमेत रहेका उनले सो संस्थाको अगुवाइमा काठमाडौंको अनामनगर, जावलाखेल र सामाखुशीमा समेत कपडा बैंक सञ्चालनमा ल्याएको बताए । पुराना कपडासँगै जुत्ता, भाँडाकुँडासमेत कहाँ राख्ने, कसलाई दिने, के गर्ने भनेर चिन्तामा हुनुहुन्छ भने ती सामान आफूहरुलाई कपडा बैंकमा ल्याएर उपलब्ध गराउन अनुरोध गरिएको छ ।

त्यसको लागि बनेपा नगरपालिकाले नगरपालिकाको गेट नजिकैको पश्चिमपट्टिको खाली जग्गामा नगरपालिकालाई आवश्यक पर्दा खाली गर्ने गरी अहिलेको लागि कपडा बैंक राख्न अनुमति दिएको नगरपालिकाले जनाएको छ ।

फोहर जलाउने मेशिन परीक्षण गर्ने तयारीमा

यसैगरी फोहरको व्यवस्थापन गर्नका लागि जापानीज प्रविधिको हिटा कम्पनीको एफ वान मोडलको धुँवारहित चिम्नीको प्रयोग गर्ने गरी बनेपा नगरपालिकाले फोहर जलाउने मेशिन राख्ने भएको छ । नगरपालिकाले फोहरको उचित व्यवस्थापनको लागि २०७६ वैशाख २९ मा ग्रिनपिस इन्भाइरोमेन्ट प्रालि काठमाडौँसँग फोहर व्यवस्थापनको सम्झौता गरी उक्त संस्थाले Chuwastar नामको जापानी कम्पनीले निर्माण गरेको आधुनिक प्रविधियुक्त वातावरणमैत्री मेशिनबाट फोहर व्यवस्थापन गर्ने योजनाअनुरुप हिटा कम्पनीको एफ वान मोडलको धुँवारहित चिम्नीको प्रयोग गर्ने भएको हो ।

सोसम्बन्धी कम्पनीका नेपाल प्रमुख ग्याल्पो लामाले नगरपालिका र सराकारवालालाई प्रविधिले गर्ने काम र त्यसले फोहर व्यवस्थापनमा पुर्‍याउने फाइदाको बारेमा जानकारी गराएको छ । प्रविधिको बारेमा जानकारी दिँदै सो कम्पनीका नेपाल प्रमुख ग्याल्पो लामाले २०० सेन्टिमिटर लम्बाइ, २० फिट उचाइ, १५० सेन्टिमिटर चौडाइ एक हजार ५०० किलो तौल भएको एफ वान मोडलको चिम्नी नेपालमै पहिलो पटक प्रयोग गर्न लागेको बताए ।

लामाले भने ‘उक्त क्षमताको मेशिनले प्रतिघण्टा ३०–४० किलो तथा प्रतिदिन १० घण्टामा ३०० देखि ४०० किलोसम्म फोहर जलाउन सकिन्छ ।’ तर नगरपालिकामा जम्मा हुने फोहरको अनुपातमा ठूलो साइजको मेशिन ल्याउँदा प्रतिघण्टा दोब्बर फोहर जलाउन सकिने भएकाले त्यसतर्फ प्रयास भइरहेको उनले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ७ : ०९ बजे

बाढी-पहिरोबाट तीन दिनभित्र ६६ जनाको मृत्यु, ७९ बेपत्ता, ललितपुरमा हताहत हुने सबैभन्दा धेरै

काठमाडौं- तीन दिनदेखिको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानमा परेर

प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता

अमेरिका – प्रधानमन्त्री केपी शर्मा ओली र लक्जेम्बर्गका प्रधानमन्त्री लुक

अपडेट : झ्याप्ले खोलामा पहिरोले पुरिएका दुई गाडीबाट १४ यात्रुको शव निकायो

धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्ले खोलामा काठमाडौं आउने क्रममा पहिरोले

प्यूठानमा दुई घर भत्किए, सडक सञ्जाल अवरुद्ध

प्यूठान – प्यूठानमा दुई घर भत्किएका छन् । निरन्तरको वर्षाका

अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न निर्देशन

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विगत