व्यवहारिक रुपमा संघीयता कार्यान्वयन हुन सकेन : शंकर पोखरेल | Khabarhub Khabarhub

व्यवहारिक रुपमा संघीयता कार्यान्वयन हुन सकेन : शंकर पोखरेल


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा व्यवहारिक रुपमा संघीयता कार्यान्वयन हुन नसकेको बताएका छन् ।

पेसागत महासंघ राष्ट्रिय समितिले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपालमा कानुनी रूपमा संघीयता कार्यान्वयन रहेको भए पनि व्यवहारिक रूपमा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकिरहेको बताएका हुन् ।

हिजो निरङ्कुश व्यवस्था हुँदा जनतालाई राज्यको विरुद्ध उभ्याउने काम भएको भए पनि पोखरेलले अब जनतालाई राज्यको पक्षमा उभ्याउन आवश्यक रहेको पोखरेलले बताए ।

उनले अहिले पनि श्रमिकमा विभेद र शोषण भए पनि त्यसको प्रकृति फरक भएको बताए । आजको अवस्थालाई हेरेर ट्रेड युनियन आन्दोलनलाई नयाँ परिभाषित गर्नुपर्ने उनको भनाई छ । उनले समाजलाई सहि ढंगले अघि बढाउनका लागि ट्रेड युनियन आन्दोलनले सहि बाटो समात्नुपर्ने बताए ।

उनले अहिले अरूलाई सम्मान गर्ने संस्कृतिको अभाव भएको टिप्पणी गरे । समाजले सकारात्मक ढङ्गले नहेर्दा समाज परिवर्तन गर्न नसकिने उनले बताए । 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ५ : ०३ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको