छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु | Khabarhub Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-२८ पुतली सडकमा बा.२१ च ६४४८ नम्बरको पिकअप गाडी र बा.प्र०२-०२७ प ८२८० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका-१२ बस्ने २३ वर्षीय शाहिल देउलाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, धनुषाकाे मिथिला नगरपालिका-२ नक्टाझिजस्थित सडकमा बिग्रेर रोकी राखेको प्र.२- ०१-००१ क ०१६० नम्बरको टिपरमा म.प्र.०१-००४ प ७५०० नम्बरको मोटरसाइकल ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

नवलपरासी पश्‍चिमकाे प्रतापपुर गाउँपालिका-५ धर्मौलीस्थित डायमण्ड इंगलिस बोर्डिङ स्कुलको लु.१ क १०८१ नम्बर बसबाट लडेर सोही स्कुलको युकेजीमा अध्ययनरत ७ वर्षीय अमन धोबीको मंगलबार दिउँसो मृत्यु भएको छ ।

बसबाट झर्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीकाे गोदावरी नगरपालिका-४ बनदेबी मन्दिर नजिक युके ०५ बि १७१० नम्बरको कार मंगलबार राति दुर्घटना हुँदा कार चालक गोदावरी नगरपालिका-३ मालिका टोल बस्ने ४५ वर्षीय दीपक सिजापतिको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ५ : ४६ बजे

इजरायलसँगको युद्ध नयाँ चरणमा प्रवेश : हिजबुल्लाह

काठमाडौं– हिजबुल्लाहले इजरायलसँगको युद्ध नयाँ चरणमा प्रवेश गरेको जनाएको छ।

अमेरिकाविरुद्ध अर्धशतक बनाउन कप्तान पौडेल एक रनले चुके

काठमाडौं – नेपालका कप्तान रोहितकुमार पौडेलले अमेरिकाविरुद्ध अर्धशतक प्रहार गर्न

दसैँ अवधिभर कोशीमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

इनरुवा– दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना

नेपालले अमेरिकालाई दियो १६५ रनको चुनौती

काठमाडौं- नेपालले अमेरिकालाई १६५ रनको चुनौती दिएको छ । टि-२०

म्याग्दीका छ वडामा स्वास्थ्यचौकी भवन निर्माण

गलेश्वर– पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण