छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-२८ पुतली सडकमा बा.२१ च ६४४८ नम्बरको पिकअप गाडी र बा.प्र०२-०२७ प ८२८० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका-१२ बस्ने २३ वर्षीय शाहिल देउलाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, धनुषाकाे मिथिला नगरपालिका-२ नक्टाझिजस्थित सडकमा बिग्रेर रोकी राखेको प्र.२- ०१-००१ क ०१६० नम्बरको टिपरमा म.प्र.०१-००४ प ७५०० नम्बरको मोटरसाइकल ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

नवलपरासी पश्‍चिमकाे प्रतापपुर गाउँपालिका-५ धर्मौलीस्थित डायमण्ड इंगलिस बोर्डिङ स्कुलको लु.१ क १०८१ नम्बर बसबाट लडेर सोही स्कुलको युकेजीमा अध्ययनरत ७ वर्षीय अमन धोबीको मंगलबार दिउँसो मृत्यु भएको छ ।

बसबाट झर्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीकाे गोदावरी नगरपालिका-४ बनदेबी मन्दिर नजिक युके ०५ बि १७१० नम्बरको कार मंगलबार राति दुर्घटना हुँदा कार चालक गोदावरी नगरपालिका-३ मालिका टोल बस्ने ४५ वर्षीय दीपक सिजापतिको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ५ : ४६ बजे

जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला जलविद्युत् आयोजनाको

विद्यालाई दिने जिम्मेवारीबारे अहिलेसम्म छलफल भएको छैन : पद्मा अर्याल

काठमाडौं– नेकपा एमालेकी सचिव पद्मा अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौं– ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई

महिला फुटबल टोलीको प्रगति प्रशंसनीय : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र

योगेशसँग अझै मरेन केपी ओलीको रिस, नयाँ कार्यविभाजनमा बनाए भूमिकाविहीन

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अझै पनि