धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु « Khabarhub

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको जलेर मृत्यु भएको छ ।

गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उनी र उनकी श्रीमती ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए ।

उनले राति साढे ११ बजे घरमा आगलागी भएको खबर प्राप्त हुनासाथ हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उनीहरुको जलेर मृत्यु भइसकेको बताए ।

प्रहरी उपरीक्षक गौतमले ढुंगामाटोले बनाइएको जस्ताले छाएको एकतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा अन्नबाली, लत्ताकपडा, मकै पिस्ने मिल समेत पूर्ण रूपमा नष्ट भएको  जानकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ९ : ५५ बजे

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग

भारतको ८० करोड अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना बन्ने

काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषि

पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड

एजेन्सी– सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ

सुगौली सन्धिको सक्कल प्रतिबारे भारतको जवाफ, ‘द्विपक्षीय संयन्त्रमार्फत कुरा गर्न सकिन्छ’

नयाँदिल्ली- सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति नभेटिएको चर्चा

निशान छापको दुरुपयोग गर्ने एक जना पक्राउ

काठमाडौं– प्रहरीले अनधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरुपयोग गर्ने