गृहमन्त्रीले भने : अब कसैको खल्तीबाट नाम झिकेर कैद मिनाह हुँदैन « Khabarhub

गृहमन्त्रीले भने : अब कसैको खल्तीबाट नाम झिकेर कैद मिनाह हुँदैन


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पहुँच हुनेले मात्रै कैद मिनाह पाउने क्रमको छिट्टै अन्त्य गरिने बताएका छन् ।

बिहीबार बाँकेको नौबस्तामा नवनिर्मित क्षेत्रीय कारागार भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खल्तीबाट नाम झिकेर कैद मिनाह गरिने प्रवृत्तिको अन्त्य गरिने बताएका हुन् ।

कैद मिनाहका लागि पहुँच खोज्नेभन्दा पनि कैदीले आचरण सुधार्नुपर्ने उनले बताएका छन् ।

असल आचरण हुनेका लागि कैद मिनाहका लागि कसैको पहुँच नचाहिने उनले उल्लेख गरे ।

कारागारहरू यातना गृहभन्दा सुधार गृह बनुन् भन्ने कुरामा सरकार सधैैँ सचेत रहेको पनि लामिछानेले बताएका छन् ।

कैदीहरूलाई सम्मानजनक काम लगाउनेबारे छलफल भइरहेको गृहमन्त्री लामिछानेले बताए ।

कैद सजाय भुक्तानी गरेर फर्किएकालाई समाजमा पुनःस्थापित गर्नुपर्ने विषयमा पनि सरकार सचेत रहेको उनले जानकारी दिएका छन्।

 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ३ : ०३ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा