मेयर बालेनबारे ओलीको टिप्पणी : सुकुम्बासी र गरिबलाई देखिसहेनन्, लखेटिरहे « Khabarhub

मेयर बालेनबारे ओलीको टिप्पणी : सुकुम्बासी र गरिबलाई देखिसहेनन्, लखेटिरहे


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले सुकुम्बासी र गरिबलाई देखिनसहेको बताएका छन् ।

बिहीबार पार्टीनिकट भूमि अधिकार तथा श्रमिक संगठन नेपालको कार्यक्रलाई सम्बोधनका क्रममा ओलीले सुकुम्बासीमाथि ज्यादति नगर्न चेतावनी नै दिए ।

सुकुम्बासीका छाप्रा भत्काउन डोजर नचाहिने उनले बताए। गरिबको बस्ती भत्काउन गरिबकै छोराछोरीको प्रयोग नगर्न पनि उनले आग्रह गरे ।

‘सुकुम्बासीका प्लास्टिकका हालेका छाप्रा छन्, भत्काउन डोजर जान्छ । प्लास्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ? कर्कलो फाँड्न बन्चरो बोक्ने? सुकुम्बासी समस्या समाधान गर्नुपर्छ, डोजर देखाउने होइन’, उनले भने, ‘डोजर गरिबले नै चलाउने हुन्, धनीले पुँजीपतिले चलाएको थाहा छैन । गरिबका छोराले डोजर चलाउँछन् । तिनलाई आफ्नैविरुद्ध डोजर चलाउन नलगाउनुस् । गरिवकैविरुद्ध, गरिव बस्तीकैविरुद्ध, गरिबका छोराछोरीलाई डोजरका टाउकामा बसेर भत्काउने काम नलगाउनुस्।’

अध्यक्ष ओलीले भत्काउने अभियान नभएर बनाउने अभियान चलाउन आग्रह गरे । सुकुमबासी समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । जनताको काम गर्न सरकारका गएको दाबी गर्दै उनले सुकुम्बासीको समस्या समाधानका लागि प्रयास गरिरहेको बताए ।

उनले सुकुम्बासीमाथि ज्यादती नगर्न पनि चेतावनी दिए । सुकुम्बासीको छाप्रोमा गएर लालाबाला तर्साउँदैमा बहादुर नहुने उनले बताए ।

‘सुकुम्बासीमाथि ज्यादती नगरौँ । कहीँ हेप्ने मान्छे भेटिएन अनि गरिब हेप्ने ? थर्काउने, तर्साउने कहीँ नभेटिए सुकुम्बासीका लालाबाला तर्साएर कुन बहादुरी हुन्छ ?’ उनले सोधे ।

सुकुम्बासी समस्या समाधानका लागि तीनै तहका सरकार उत्तरदायी हुनुपर्ने उनले बताए ।

अध्यक्ष ओलीले लोकतन्त्रमा जे पनि गर्न नमिल्ने बताउँदै सुकुम्बासीलाई लखेट्ने नभएर व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।

‘जहाँसुकै जाऊ, जेसुकै गर, खाए खाऊ, नखाए मर’ जस्तो अनुत्तरदायी र गरिब देख्नै नसक्ने सरकारको काम छैन’, उनले भने।

‘सुकुम्बासी बस्ती हटाएर मात्रै समाधान हुँदैन । लोकतन्त्रमा, व्यवस्थापन गर्नुपर्छ, ’ उनले भने, ‘समस्या समाधान गर्नुपर्छ । जहाँसुकै जाऊ, जेसुकै गर, खाए खाऊ, नखाए मर भन्ने सरकार हुँदैन । त्यो केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार जुन होस् । जनताप्रति उत्तरदायित्व नहुने, गरिब देख्नै नसक्ने, सुकुमबासी देख्नै नहुने गलत हो ।’

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ५ : ०४ बजे

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय