नेयमारविरुद्ध किन खनिए प्रशंसक « Khabarhub

नेयमारविरुद्ध किन खनिए प्रशंसक


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रेन्च लिग वानको नयाँ सिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले निम्सलाई पराजित गर्दै उत्कृष्ट शुरुवात गरेको छ । आइताबर राति भएको खेलमा पीएसजीले निम्सलाई ३–० गोल अन्तरले पराजित गर्दै यो सिजनको शुरुवात गरेको हो ।

स्टार खेलाडी नेयमारविनै मैदान उत्रिएको पीएसजीका लागि युवा स्टार किलियन एमबाप्पे, इडिन्सन काभानी र डि मारियाले समान एक–एक गोल गरे । निम्सविरुद्ध पीएसजीका लागि काभानीले खेलको २४ औं मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा अग्रता दिलाएका थिए भने ५६ औं मिनेटमा एमबाप्पेले टिमको अग्रता दोब्बर बनाउँदा मारियाले ६९ औं मिनेटमा गोल गर्दै टिमलाई ३–० जीत दिलाए ।

पीएसजीका डाइरेक्टरले टिमको खेल पहिलाको भन्दा धेरै सुधार भएको बताएका छन् । त्योसँगै आइतबारको खेलपछि पीएसजीका प्रशंसकले नेयमारलाई ‘गो ब्याक’ भन्दै ब्यानर देखाएका छन् । अघिल्लो सिजनको लिग वान च्याम्पियन पीएसजीले यो सिजनमा पनि आफुलाई च्याम्पियन बनाउने लक्ष्य सहित खेलिरहेको पीएसजीले बताउँदै आएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १० : २० बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत