नेयमारविरुद्ध किन खनिए प्रशंसक « Khabarhub

नेयमारविरुद्ध किन खनिए प्रशंसक


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रेन्च लिग वानको नयाँ सिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले निम्सलाई पराजित गर्दै उत्कृष्ट शुरुवात गरेको छ । आइताबर राति भएको खेलमा पीएसजीले निम्सलाई ३–० गोल अन्तरले पराजित गर्दै यो सिजनको शुरुवात गरेको हो ।

स्टार खेलाडी नेयमारविनै मैदान उत्रिएको पीएसजीका लागि युवा स्टार किलियन एमबाप्पे, इडिन्सन काभानी र डि मारियाले समान एक–एक गोल गरे । निम्सविरुद्ध पीएसजीका लागि काभानीले खेलको २४ औं मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा अग्रता दिलाएका थिए भने ५६ औं मिनेटमा एमबाप्पेले टिमको अग्रता दोब्बर बनाउँदा मारियाले ६९ औं मिनेटमा गोल गर्दै टिमलाई ३–० जीत दिलाए ।

पीएसजीका डाइरेक्टरले टिमको खेल पहिलाको भन्दा धेरै सुधार भएको बताएका छन् । त्योसँगै आइतबारको खेलपछि पीएसजीका प्रशंसकले नेयमारलाई ‘गो ब्याक’ भन्दै ब्यानर देखाएका छन् । अघिल्लो सिजनको लिग वान च्याम्पियन पीएसजीले यो सिजनमा पनि आफुलाई च्याम्पियन बनाउने लक्ष्य सहित खेलिरहेको पीएसजीले बताउँदै आएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १० : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै