नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ « Khabarhub

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

खजुरा– नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको छ । वर्षायाममा हुने डुबानबाट नेपालगञ्जलाई जोगाउन यहाँका साना ठूला मुख्य नाला सफाइ गर्न थालिएको हो ।

विगतमा सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नालाको सफाइ गर्ने गरिए पनि गत वर्षदेखि भने वर्षायामअगावै आमरुपमा सबै नाला सफाइ गर्न थालिएको छ ।

मुख्य नालाको अन्तिम बिन्दु (आउटलेट) बाट सफाइ थालिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा सरसफाइ शाखाका प्रमुख वातावरण इञ्जिनीयर प्रकाश डिसीले भने, ‘बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालासहित अन्य नाला पनि सफाइ गर्छौँ’, सफाइ गर्नसक्ने ठाउँमा स्काभेटर तथा डोजर ९जेसिबी० ले र गर्न नसक्ने ठाउँमा मान्छे लगाएर सफाइ गरिने डिसीले बताए।

नगर प्रमुख प्रशान्त विष्टका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य समस्याको रुपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य नाला सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि गत वर्षदेखि बर्खाअगावै सफाइको काम सक्ने उद्देश्यका साथ नाला सफाइ गर्न सुरु गरिएको छ ।

नालाको ढक्कन खोल्न सकिनेलाई ढक्कन खोलेर र खोल्न नसकिने नालामा उपकरणको प्रयोग गरेर नाला सफा गरिने वातावरण तथा सरसफाइ शाखाका सुपरभाइजर दिपेश श्रेष्ठले बताउनुभयो । श्रेष्ठले मनसुन सुरु हुनुअगावै काम सक्ने गरी काम अगाडि बढेको जानकारी दिए।

जथाभावी फालिएका प्लाष्टिकजन्य बोत्तल र विभिन्न वस्तु, सिसाका बोत्तल, माटोलगायतका कारण नालामा पानीको निकास नहुँदा स्थानीयवासीले डुबानको सास्ती खेप्दै आएका छन् । गत वर्ष पनि बर्खाअगावै नाला सफाइ गरिएपछि डुबानको समस्या देखिएको थिएन ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १२ : ३६ बजे

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि