कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार | Khabarhub Khabarhub

कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको दमकमा एकजना विद्यार्थीलाई गोली हानिएको छ।

शुक्रबार स्थानीय हिमालय माध्यमिक विद्यालय दमकबाट १२ कक्षाको परीक्षा दिएर फर्किँदै गर्दा एनिका अधिकारीमाथि गोली हानिएको हो ।

गोली लागेर घाइते भएकी उनको अहिले दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । उदयपुर घर भएकी उनी दमकमा डेरा गरेर पढ्दै आएकी थिइन् ।

घटनापछि फरार भएकाको खोजीलाई तीव्र पारिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीका अनुसार गोली हान्ने व्यक्ति भागिसकेका छन् । अधिकारीलाई सिराहाका अमित कुमार यादवले गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  २ : ४५ बजे

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका प्रस्थान

तनहुँमा परीक्षणका रूपमा स्ट्रबेरीखेती

दमौली – ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ ।

पदमार्गमा पर्यटकको चहलपहल

लमजुङ– बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु

सुनको मूल्य एक हजार पाँच सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको

राहुघाट हाइड्रोको निर्माण प्रगति ८० प्रतिशत

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले