महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार | Khabarhub Khabarhub

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् ।

महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो । अफलाइन र अनलाइनमा परेको निवेदनमार्फत रोजगार उपलब्ध गराइरहेको श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले बताए ।

उनका अनुसार रोजगार पाउनेमा स्थानीय र केही भाडामा बसोबास गर्ने व्यक्तिको निवेदन प्राथमिकतामा परेको छ । व्यक्तिको कार्यक्षमताका आधारमा दैनिक ज्यालामा रोजगार दिने गरिएको उनले बताए ।

‘कार्यालयमै आएर फाराम बुझाउनेहरू थुप्रै हुनुहुन्छ’, उनले भने, ‘यद्यपि श्रमप्रतिको सम्मान भाव नभएका कारण अझै रोजगार खोज्दै आउने युवाको जमात थोरै देखिन्छ ।’

अनलाइन फाराम भर्ने भनिए पनि भौतिक उपस्थिति अनिवार्य भएकाले बैंकसम्म आउनेको सङ्ख्या  तुलनात्मकरुपमा थोरै भएको उनको बुझाइ छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ४ : ४४ बजे

आईपीएलको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् यी बलिउड स्टार

काठमाडौं – आगामी शनिबार अर्थात् मार्च २२ मा इन्डियन प्रिमियर

पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने 

पोखरा– पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सवको तयारी भएको छ । पोखरा

जीपीटीए कार्यकारी निर्देशकमा १४ जनाको आवेदन 

पोखरा– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी

क्यान्सरको औषधिमा घुस खाने अमृता कोइरालालाई डेढ वर्ष जेल

काठमाडौं – भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत कर्मचारी

भारतको सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

मकवानपुर- भारत सरकारको ३ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको