आगलागी हुँदा २५ लाख बढीको क्षति | Khabarhub Khabarhub

आगलागी हुँदा २५ लाख बढीको क्षति


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा २५ लाख रुपैयाँ बढीको क्षति भएको छ । हिजो अपराह्न विद्युत् सर्ट भएर आगलागी हुँदा ठगुन्नाको घरगोठ नष्ट भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा तीन वटा बाखा मरेका छन् ।

घरसँगै गरगहना, अन्न, लुगाकपडा, महत्वपूर्ण कागजपत्र र पाँच लाख रुपैयाँ नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले जानकारी दिए ।

स्थानीय बासिन्दा र प्रहरीले आगलागीको नियन्त्रणमा लिएका थिए । आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस उपशाखा झलारीले त्रिपाल, भाँडाकुडा, कपडालगायत सामग्री प्रदान गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ७ : ३८ बजे

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनको तयारी पूरा, प्रतिनिधिहरू काठमाडौं आउँदै

काठमाडौं– नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको केन्द्रीय

पर्यटकको प्रतीक्षामा गिरानचौर

दमौली– पृथ्वीराजमार्गको बरादीबाट करिब २० मिनेट सवारी साधनको यात्रा तय

सल्यानमा आगलागीबाट दुई घर जलेर नष्ट

सुर्खेत– सल्यानमा आगलागीबाट दुईवटा घरगोठ जलेर नष्ट भएका छन् ।

सिन्धुपाल्चोकमा बरामद भेपमा शंकाको सुई भाटभटेनी मालिकतिर, सांसदहरूले उठाए प्रश्न

काठमाडौं- सिन्धुपाल्चोकमा बुधबार राति बरामद विद्युतीय चुरोट (भेप) भाटभटेनी सुपरमार्केटका

कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस

विराटनगर– कोशी प्रदेशसभाको चालु छैटौँ अधिवेशन आज राति १२ बजेदेखि