म्यानपावर कम्पनी मर्जरका लागि ९ बुँदे कार्यविधि जारी | Khabarhub Khabarhub

म्यानपावर कम्पनी मर्जरका लागि ९ बुँदे कार्यविधि जारी


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारले म्यानपावर कम्पनीको धरौटी रकम सुनिश्चित गर्न मर्जर (एकआपसमा गाभिने) प्रक्रियाका लागि ९ बुँदे कार्यविधि जारी गरेको छ ।

‘केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७५’ मार्फत वैदेशिक रोजगार २०६४ मा म्यानपावर कम्पनीले मापदण्डअनुसार १ करोड र २ करोड रुपैयाँ नगद धरौटी बुझाउनुपर्ने व्यवस्था गरिएको थियो ।

ऐनको दफा (११) को उपदफा (२) मा वार्षिक ३ हजारदेखि ५ हजारसम्म कामदार विदेश पठाउने लक्ष्य राखेको म्यानपावर कम्पनीले १ करोड रुपैयाँ नगद धरौटी र ३ करोडसम्म बैंक ग्यारेन्टी बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यस्तै, वार्षिक ५ हजारभन्दा बढी कामदार विदेश पठाउने लक्ष्य लिएका म्यानपावर कम्पनीले २ करोड रुपैयाँ नगद धरौटी र ४ करोड रुपैयाँको बैंक ग्यारेन्टी बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

ऐनमा भएको उक्त व्यवस्था कार्यान्वयनका लागि वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरु एक आपसमा मर्जरमा जानसक्ने विकल्प दिएको हो । म्यानपावर कम्पनी एक आपसमा गाभिने प्रक्रियाको समाधान खोज्न वैदेशिक रोजगार विभागले आइतबार वैदेशिक रोजगार व्यवसायी संघ, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल बैंकर्स एसोसियसनका प्रतिनिधि राखी बहुपक्षीय छलफल गरेकाे थियो ।

सोही छलफलबाट म्यानपावर कम्पनीहरुको मर्जर प्रक्रिया सहज बनाउन ९ बुँदे कार्यविधि तयार पारिएको हाे । यद्यपि म्यानपावर कम्पनीहरुले पनि मर्जर प्रक्रियाका लागि कम्पनी  ऐनमा भएको प्रावधान पालना गर्नुपर्ने छ ।

वैदेशिक रोजगार ऐन २०६४ मा भएको संशोधन मार्फत् ल्याइएको नयाँ व्यवस्था अनुसार आगामी भदौ १८ गतेभित्र एक आपसमा गाभिने प्रक्रिया ‘मर्जर’ र बृद्धि भएको धरौटी राखी सक्नुपर्ने छ । तर, उक्त मिति तीन हप्ता मात्र बाँकी रहेको छ । विभागमा करीव १ हजार २ सय म्यानपावर कम्पनी दर्ता भएपनि आइतबारसम्म कुनैपनि म्यानपावर कम्पनीले एक आपसमा गाभिएको जानकारी दिएका छैनन् ।

विभागले पुरानै सञ्चालक भए र शेयर दाखेल खारेजको लागि ३५ दिन अगाडि नै निवेदन दिएको भए ३५ दिने सूचना निकाल्न नलगाउने भएको छ । तर, नयाँ व्यक्ति शेयर खरीद गरेर कम्पनी प्रवेश गरे प्रहरी चालचलन, बैंक सहमतिजस्ता हालका व्यवस्था यथावत राखिएको छ ।

आइतबारको छलफलमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट दुई वा दुईभन्दा बढी म्यानपावर कम्पनी आपसमा गाभिएको पत्र प्राप्त भएपछि बैंक ग्यारेन्टी र नगद धरौटी समेत पेश गर्ने निर्णय भएको छ । यस्तै,  वैदेशिक रोजगार ऐन २०६४ मा भएको व्यवस्था बमोजिम गाभिने संस्थाहरु एक भन्दा बढी बैंकहरुबाट प्राप्त गरेको बैंक ग्यारेन्टीको अवधि र रकम मिलान गर्न सक्न पाउने व्यवस्था गर्न नेपाल बैंकर्स एशोसियनमा अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

म्यानपावर कम्पनीहरुले भदौ १९ गते भित्र बढेको धरौटी रकम  र बै‌क ग्यारेन्टी दाखिला गरिसक्नुपर्ने छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १२ : ५५ बजे

रेशम चौधरीबारे शंकर पोखरेल : सामन्तीलाई बोकेर हिँडे, अब थारु समुदाय पछि लाग्दैनन्

काठमाडौं-  नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत

एमाले महासचिवको निष्कर्ष : उपचुनावले नयाँ राजनीतिक ध्रुवीकरण सुरु भयो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख १५ गते सम्पन्न उपचुनावले

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना, २१ जना घाइते

पोखरा– मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

देउखुरी– २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले