प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा | Khabarhub Khabarhub

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिका डेढगाउँसम्मको खण्डमा कालोपत्र गर्ने काम पूरा भएको छ ।

सडक कालोपत्रको ठेक्का पाएको सपना निर्माण सेवाले घिरिङको मानपुरदेखि फुलासम्मको सात किलोमिटरमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरेको छ भने फूलादेखि डेढगाउँसम्मको चार किलोमिटरमा पनि कालोपत्र गर्न धमाधम ‘बेस’ तयार भइरहेको पूर्वाधार विकास कार्यालय जनाएको छ ।

उक्त खण्डमा पानीको निकासका निम्ति नालासँगै पर्खाल निर्माण पनि पूरा भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ रुपैयाँको लागतमा उक्त मार्गको स्तरोन्नति थालिएको हो ।

नवलपुरतर्फ बौदीकाली झ्यालबास १४ दशमलव १ किलोमिटर कालोपत्र गर्न सडक स्तरोन्नति भइरहेको छ ।

दोस्रो चरणमा थप सात किलोमिटर कालोपत्र गर्न बहुवर्षीय ठेक्का प्रक्रिया पनि प्रारम्भ भएको उक्त कार्यालयले जनाएको छ । झ्यालबासबाट चोरमारासम्म नौ किलोमिटर खण्ड निर्माण भइसकेको छ

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ११ : ०४ बजे

पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचन जारी

काठमाडौं– काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा आज स्ववियु निर्वाचन भइरहेको छ

सगरमाथालगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही

काठमाडौं– सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’

पोखरा र चीनका पर्यटन व्यवसायीबीच साझेदारी

चीन– पोखरा र चीनको सिचुवान प्रान्तको छन्दु सहरका पर्यटन व्यवसायीबीच

आज अन्तर्राष्ट्रिय खुसियाली दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

इजरायलको आक्रमण : एकै दिन ७० जना मारिए

इजरायल – बुधबार इजरायलले गाजामा गरेको आक्रमणमा ७० जनाको ज्यान