परिषदप्रति असन्तुष्ट कृषिमन्त्रीबाट आवास परियोजना कार्यक्रम घोषणा « Khabarhub

परिषदप्रति असन्तुष्ट कृषिमन्त्रीबाट आवास परियोजना कार्यक्रम घोषणा


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले कृषि अनुसन्धान परिषदको कार्यप्रति असन्तुष्टि जनाएका छन् ।

मन्त्री खनालले कृषि अनुसन्धान परिषदले किसानको पक्षमा कुनै पनि अनुसन्धानको काम गर्न नसकेको पाइएको उल्लेख गर्दै चर्को असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले किसानको पक्षमा कृषि अनुसन्धान परिषदले कामै नगरेपछि त्यसको विकल्पमा आफूले किसान आवास परियोजना कार्यक्रम शुरु गर्न लागेको घोषणा पनि गरे ।

सो परियोजनाले किसानका लागि आवश्यक आवाससहित प्रशिक्षणलगायतका कार्यक्रम संचालन गर्ने उनको भनाई छ । सोमबारबाट काठमाडौंमा शुरु भएको ‘एसियन कृषि सम्मेलन तथा प्रर्दशनी–२०१९’ को उद्घाटन गर्दै मन्त्री खनालले ६६ प्रतिशत कृषकहरु रहेको मुलुकमा उनीहरुको आवश्यकतालाई सम्बोधन हुने गरी अध्ययन र अनुसन्धानको कामलाई कृषि अनुसन्धान परिषदले अघि नबढाएपछि सरकारले किसान आवास परियोजनामार्फत् किसानहरुलाई आवश्यक प्रशिक्षण समेत दिने व्यवस्था गर्नु परेको स्पष्ट पारे ।

मन्त्री खनालले सरकारले कृषि अनुसन्धान परिषदले गरेका अध्ययन अनुसन्धानबाट किसानहरुले पनि सिक्न सकून भनेर परिषदले अंग्रेजी भाषामा तयार पारेको प्रतिवेदन केही समयअघि नेपालीमा रुपान्तरण गरेर सबै स्थानीय तहमा हस्तान्तरण गरिएको पनि जानकारी दिए ।

कार्यक्रममा बोल्दै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले युवाहरुलाई आकर्षित गर्नेगरी कृषि क्षेत्रको विकासमा लाग्न सरकारलाई सचेत गराइन् । उनले कृषि क्षेत्रको विकासमा युवाहरुलाई आकर्षित गर्नेगरी कानून निर्माणको कामलाई अघि बढाइएको पनि बताइन् ।

सभापति सुदेवीले संविधानले सबै नागरिकको गाँस, बास र स्वास्थ्य उपचारलाई मौलिक अधिकारको रुपमा व्याख्या गरेपनि त्यसको उचित व्यवस्था सरकारले गर्न नसकेकोमा चिन्ता व्यक्त गरिन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १ : ४४ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको