परिषदप्रति असन्तुष्ट कृषिमन्त्रीबाट आवास परियोजना कार्यक्रम घोषणा | Khabarhub Khabarhub

परिषदप्रति असन्तुष्ट कृषिमन्त्रीबाट आवास परियोजना कार्यक्रम घोषणा


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले कृषि अनुसन्धान परिषदको कार्यप्रति असन्तुष्टि जनाएका छन् ।

मन्त्री खनालले कृषि अनुसन्धान परिषदले किसानको पक्षमा कुनै पनि अनुसन्धानको काम गर्न नसकेको पाइएको उल्लेख गर्दै चर्को असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले किसानको पक्षमा कृषि अनुसन्धान परिषदले कामै नगरेपछि त्यसको विकल्पमा आफूले किसान आवास परियोजना कार्यक्रम शुरु गर्न लागेको घोषणा पनि गरे ।

सो परियोजनाले किसानका लागि आवश्यक आवाससहित प्रशिक्षणलगायतका कार्यक्रम संचालन गर्ने उनको भनाई छ । सोमबारबाट काठमाडौंमा शुरु भएको ‘एसियन कृषि सम्मेलन तथा प्रर्दशनी–२०१९’ को उद्घाटन गर्दै मन्त्री खनालले ६६ प्रतिशत कृषकहरु रहेको मुलुकमा उनीहरुको आवश्यकतालाई सम्बोधन हुने गरी अध्ययन र अनुसन्धानको कामलाई कृषि अनुसन्धान परिषदले अघि नबढाएपछि सरकारले किसान आवास परियोजनामार्फत् किसानहरुलाई आवश्यक प्रशिक्षण समेत दिने व्यवस्था गर्नु परेको स्पष्ट पारे ।

मन्त्री खनालले सरकारले कृषि अनुसन्धान परिषदले गरेका अध्ययन अनुसन्धानबाट किसानहरुले पनि सिक्न सकून भनेर परिषदले अंग्रेजी भाषामा तयार पारेको प्रतिवेदन केही समयअघि नेपालीमा रुपान्तरण गरेर सबै स्थानीय तहमा हस्तान्तरण गरिएको पनि जानकारी दिए ।

कार्यक्रममा बोल्दै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले युवाहरुलाई आकर्षित गर्नेगरी कृषि क्षेत्रको विकासमा लाग्न सरकारलाई सचेत गराइन् । उनले कृषि क्षेत्रको विकासमा युवाहरुलाई आकर्षित गर्नेगरी कानून निर्माणको कामलाई अघि बढाइएको पनि बताइन् ।

सभापति सुदेवीले संविधानले सबै नागरिकको गाँस, बास र स्वास्थ्य उपचारलाई मौलिक अधिकारको रुपमा व्याख्या गरेपनि त्यसको उचित व्यवस्था सरकारले गर्न नसकेकोमा चिन्ता व्यक्त गरिन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १ : ४४ बजे

प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता

अमेरिका – प्रधानमन्त्री केपी शर्मा ओली र लक्जेम्बर्गका प्रधानमन्त्री लुक

अपडेट : झ्याप्ले खोलामा पहिरोले पुरिएका दुई गाडीबाट १४ यात्रुको शव निकायो

धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्ले खोलामा काठमाडौं आउने क्रममा पहिरोले

प्यूठानमा दुई घर भत्किए, सडक सञ्जाल अवरुद्ध

प्यूठान – प्यूठानमा दुई घर भत्किएका छन् । निरन्तरको वर्षाका

अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न निर्देशन

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विगत

अर्जेन्टिनाका गोलकिपर मार्टिनेजलाई दुई खेलको प्रतिबन्ध

काठमाडौं-अर्जेन्टिनाका गोलकिपर इमालियानो मार्टिनेजलाई दुई खेलको प्रतिबन्ध लागेको छ ।