सर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत « Khabarhub

सर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

बरहथवा– सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत सामग्री वितरण गरेको छ । आज विष्णु गाउँपालिका-१, बाराउद्योरणस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा औपचारिक कार्यक्रम गरी राहत सामग्री वितरण गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले आगलागीपीडित ५० परिवारलाई राहत सामग्री प्रदान गरेको हो । वाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दीपेन्द्र शाहले पीडितपरिवारलाई कम्बल, तन्ना, सिरानी, थाल, कचौरा, गिलास पानीको बोटललगायत राह सामग्री प्रदान गरे।

राहत वितरण कार्यक्रममा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय यादवले आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले ज्यानको बाजी राखेर सहयोग गरेकामा धन्यवाद दिए। 

उनले  विपद् तथा सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गरे ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ३ : ५९ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई