क्रोएसियामा मात्रै २५ हजार नेपाली, कन्सुलर कार्यालय नहुँदा अनेकन सास्ती | Khabarhub Khabarhub

क्रोएसियामा मात्रै २५ हजार नेपाली, कन्सुलर कार्यालय नहुँदा अनेकन सास्ती


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय पोर्चुगलपछि छिमेकी मुलुक क्रोएसियामा नेपालीहरूको संख्या बढ्दै गएको छ ।

सजिलै जान सकिने भएकाले त्यहाँ केही वर्षयता नेपालीहरूको संख्या बढेर २५ हजार आसपास पुगेका हुन्।

क्रोएसियामा ५ वर्षदेखि व्यवसाय गर्दै आएका दावा लामाले नेपालीको संख्या बढ्दै जाँदा कानुनी झमेला पनि थपिँदै गएको बताएका छन् ।

सरकारले छिमेकी मुलुक पोर्चुगलमा राजदूतावास खोल्ने निर्णय गरेको छ । तर क्रोएसियामा कन्सुलर कार्यालयसमेत नहुँदा त्यहाँ पुग्ने नेपालीले अनेक हण्डर खानु परेको छ ।

‘क्रोएसियामा नेपालीको संख्या बढ्दो छ, अहिले करिब २५ हजारको संख्यामा नेपाली पुगिसकेका छन्। राजधानी जाग्रेबसहित अन्य सहरमा पनि नेपाली बढ्दैछन्’, लामाले खबरहबसँग भने, ‘तर, कन्सुलर कार्यालयसमेत नहुँदा यहाँका नेपालीले राहदानी नविकरणसहितको कामका लागि अस्ट्रियाको भियान पुग्नुपर्ने बाध्यता छ ।’

वैधानिक रुपमा बसेकालाई भियना जान समस्या छैन । तर अवैधानिक रुपमा रहेका नेपालीहरूलाई क्रोएसियामै कन्सुलर भएमा राहदानीसहितका काममा सहज हुने उनको भनाइ छ ।

लामाले कन्सुलरका लागि पटक पटक सरकारको ध्यानाकर्षण गराएका छन् । यस पटक पनि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाए ।

‘क्रोएसियामा रहेका २५ हजार नेपाली समुदायलाई सरकारले सम्बोधन गर्नुपर्छ । क्रोएसियामा सके त राजदूतावास नै नै राखिदिनुस् भनेका छौँ। नभए कन्सुलरसम्म राखिदिनु भन्ने हाम्रो माग हो’, उनले भने, ‘प्रधानमन्त्री इटालीमा पुगेका बेला पनि पनि त्यही कुरा राखेको थिएँ । सरकारले कन्सुलर राख्ने आश्वासन दिए पनि कार्यान्वयन हुन सकेको छैन ।’

प्रधानमन्त्रीले क्रोएसियामा समस्या भएको कुरा आफूले बुझेको बताउँदै मिलाउँदै गरेको जवाफ दिएका छन् ।

लामाका अनुसार भियनाबाट समय समयमा घुम्ती शिविर आउने गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन ।

‘भियनाबाट घुम्ती शिविर जान्छ, दुई पटक गइसकेको छ । तर खास प्रभावकारी छैन’, उनले भने, ‘कम्तीमा जाग्रेबमै कन्सुलर कार्यालय भए नेपालीको सास्ती कम हुने थियो । त्यहाँका नेपालीको लागि पहिलो माग कन्सुलर हो। सरकारले यसलाई सम्बोधन गरिदिए राहदानी नवीकरणसहितको तनाव हट्ने थियो ।’

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १ : २२ बजे

किसानलाई सयपत्री टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)

काठमाडौं– तिहार सुरू भएसँगै काठमाडौंको सेतो गुम्बा क्षेत्रका किसानहरू फूल

रोकिएन रास्वपाको किचलो, सचिवालय विस्तारप्रति तोसिमाको गम्भीर आपत्ति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पछिल्लो समय देखिएको किचलो

आन्दोलनरत नर्सका माग सम्बोधन गर्न समिति गठन 

काठमाडौं– सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन

वीरगञ्जमा झिलीमिली बत्ती लगाउँदा करेन्ट लागेर एकको मृत्यु

वीरगञ्ज– वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख सङ्कलन

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा आगजनी