केकीलाई प्रश्न : कपाल मुण्डन किन प्रचारको ‘मसला’ बनेन ? | Khabarhub Khabarhub

केकीलाई प्रश्न : कपाल मुण्डन किन प्रचारको ‘मसला’ बनेन ?


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ नवौँँ दिनमा प्रदर्शनरत छ । यसले सुरुवाती ८ दिनमा साढे सात करोडभन्दा बढी ‘ग्रस कलेक्सन’ गरेको वितरक कम्पनी ‘टी–फोल्कस्’ले जनाएको छ ।

यस फिल्मको एक दृश्यमा केकीले कपाल मुण्डन गरेको देख्न सकिन्छ । वास्तवमै उनले फिल्मका लागि कपाल खैरिएकी थिइन् ।

चलचित्र क्षेत्रमा नायिकाहरुले कपाल खौरिएको विषयलाई फिल्म प्रचारको माध्ययम बनाउने प्रवृत्ति छ । प्राथमितका साथ कपालको विषय ‘हाइलाइट’ गरेको देख्दै आएका छौं ।

तर, केकीले फिल्म प्रचारका क्रममा यसलाई ‘मसला’ बनाइनन् । प्रचारको सशक्त माध्यम हुने विषयलाई किन नजरअन्दाज गरिन् त ?

केकीका अनुसार कपाल मुन्डनको विषयलाई प्रचारको साधान नबनाउनुमा दुई कारण छन् । पहिलो– कथामा विश्वास र दोस्रो सामाजिक विषय ।

कपालभन्दा कथा र फिल्मले उठाएको विषयवस्तु प्रचार आवश्यक रहेकाले त्यसलाई निर्माण पक्षले ओझेलमा पारेको उनी दाबी गर्छिन् ।

‘कपालको विषय हामीले सोचेकै हो । तर, फिल्ममा यति धेरै सशक्त पाटोहरु छन्, तिनीहरुलाई नै हाइलाइट गर्नुपर्छ भन्ने लाग्यो । कथामै विश्वास गरौं, त्यही हिसाबले ट्रेलर काटौँं भन्ने लाग्यो ।’

कपाल त्यागको विषयलाई चर्चामा ल्याएर फिल्म प्रचार नगर्नुको अर्को कारण समाजिक प्रभाव रहेको उनी बताउँछिन् ।

नायिकाहरुले नै कपाल त्यागलाई बढावा दिँदा बाध्यात्मक परिस्थितिमा महिलाले मुन्डन गर्ने साहस नगर्ने हुँदा प्रचारको विषय नबनाई जिम्मेवार नायिका र निर्माता बन्न खोजिएको उनी बताउँछिन् ।

‘हामीले कपाल मूल्यवान हुन्छ भन्ने भाष्य निर्माण गर्दा कति महिलाहरुलाई काट्न आँट नआउने हुन्छ । कपाल काट्ने कुरा भारी हो भन्ने हुँदो रहेछ, त्यो पनि नहोस् भन्ने सोचाइ हो’, उनले सुनाइन् ।

फिल्मको नायक– सुपला

यो फिल्मबाट अभिनय क्षमताले चर्चामा आएकी अर्को पात्र हुन्– बालकलाकार सुपला सापकोटा । तर निर्माण पक्षले उनलाई फिल्म प्रदर्शनअघि हाइलाइट गरेको थिएन ।

बहुसंख्य दर्शक र समालोचकले सुपला (जुनु)लाई फिल्ममा नायकको संज्ञा दिएका छन् । कारण– उनको अभिनय सशक्त छ । केकी स्वयम् पनि सुपलालाई फिल्मको ‘ठूलो शक्ति’का रुपमा स्वीकार्छिन् ।

यद्यपि सुपलको चर्चा फिल्म प्रदर्शनमा आएपछि मात्रै भएको हो । उनीबारे केकी भन्छिन्, ‘हामीलाई के थाहा थियो भने– जतिबेला फिल्म प्रदर्शनमा आउँछ, उसकै चर्चा हुन्छ । उसको अभिनय एकदमै प्राकृतिक छ भन्ने हामीले महसुस गरेका थियौँ ।’

दर्शकको मुखबाट सुपलाको अभिनयको प्रशंसा र प्रचार हुँदै उचित हुने मानसिकतासहित उनलाई प्रचारको माध्यम नबनाएको केकी बताउँछिन् ।

उनी थप्छिन्, ‘जुनुको अभिनय जीवन्त छ । यो फिल्म सानी जुनुकै कथा हो । र, यसलाई हामीले सिनेमा हलकै लागि साँचिरहेका थियौँ ।’

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ३ : ३२ बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले