भन्सार विभागमा धर्ना बसेका आजपाका कार्यकर्ता प्रहरीको हिरासतमा « Khabarhub

भन्सार विभागमा धर्ना बसेका आजपाका कार्यकर्ता प्रहरीको हिरासतमा


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भन्सारको लूटकारी व्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार विभागमा जारी शान्तिपूर्ण धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले शान्तिपूर्ण धर्नामा दमन गरेको भन्दै दर्जनौँलाई गिरफ्तार गरेको आम जनता पार्टीले जनाएको छ ।

आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पत्ति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानुनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन गरिएको शान्तिपूर्ण आन्दोलनको मागहरूलाई सम्बोधन गर्नुको सट्टा सरकारद्वारा गरिएको व्यापक दमन एवं धड़पकड़को भर्त्सना गरेका छन् ।

देशको समृद्धिसँग जोडिएको यो ऐतिहासिक संघर्षमा गिरफ्तार हुनुभएका भन्सार कानून सुधार संघर्ष समितिको संयोजक रन्जु कुमारी साह, स्क्राप हक हित फाउण्डेशनको अध्यक्ष संजय साह, आजपाको उप महासचिव मनोज कुमार यादव लगायतका कार्यकर्तालाई प्रहरीले हिरासतमा लिएको आम जनता पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ४ : ४४ बजे

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ